२०८१ वैशाख ८ गते | 20th of April 2024

पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई पछाडि पार्र्दै भारतको विजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २ गते १:१२

काठमाडौं २ असोज ।  अष्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत २६ रनले विजयी भएको छ । पानी परेपछि डकवर्थ लुइस पद्दती अनुसार २१ ओभरमा १ सय ६४ रनको लक्ष्य पाएको अष्ट्रेलियाले ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।

ग्लेन मेक्सवेलले ३९ र डेभिड वार्नरले २५ रन बनाउनुबाहेक अष्ट्रेलियाका कुनै ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतका युजबेन्द्र चाहलले ३ विकेट लिए । चेन्नेइमा पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । भारतका हार्दिक पाण्ड्याले ८३ र महेन्द्रसिंह धोनीले ७९ रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *