२०८१ वैशाख ८ गते | 20th of April 2024

यु १६ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २ गते १६:१७

काठमाडौं, २ असोज । सोह्र वर्षमुनिको एसियाकप फुटबल छनौटका लागि नेपाली टोली घोषणा गरिएको छ । घोषणा गरिएको टोलीमा २३ जना सदस्य रहेका छन ।
टोलीको गोलकिपरमा विशाल सुनार, सिद्धार्थ थापामगर र रोहित कार्की रहेका छन् । यस्तै डिफेन्डरमा रोहन दोङ, रन्दिप पौडेल, दीपक भन्डारा, असिम गुरुङ्ख, सुवास कार्की, पुकार खड्का र सञ्जिव अर्याल रहेका छन् ।
यस्तै मिडफिल्डमा कप्तानसमेत रहेका रोशन राना, शेराव तामाङ्ख, सौगात खवास, सञ्जु श्रेष्ठ, कर्लोस बखरिया, अशोक किङरिङमगर, अञ्जल महर्जन र दर्शन गुरुङ्ख रहेका छन् । यस्तै फरवार्डमा अभिषेक श्रेष्ठ, बृजेश चौधरी, रञ्जन पुन र निशान रावल छनौट भएका छन् ।
नेपाल, इराक, भारत र प्यालेस्टाइनसँगै समूह ‘डी’ मा रहेको छ । नेपालले पहिलो खेल पर्सी बुधबार सशस्त्र प्रहरीको मैदान हल्चोकमा इराकसँग खेल्दैछ । १० समूह रहेका छनौट प्रतियोतिगामा समूह विजेता र उत्कृष्ट ५ उपविजेताले १६ वर्षमुनिको एशिया कप खेल्ने पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *