२०८१ वैशाख १२ गते | 24th of April 2024

कार्यालय खडा गरेर मैले सदस्य बनाएको छैन – डा. पौडेल

खुल्लामन्च
 प्रकाशित: २०७३ चैत ५ गते २३:३५

-गोकुल ढकाल

आसन्न एनआरएन अमेरिकाको निर्वाचनको लागि सदस्य बनाउने समयावधी बढाईएको समाचारले भित्ताहरु रंगिएका छन । भलै, थपिएको चार दिने अवधी सकिन अब धेरै दिन बांकी छैन । विश्वकै सर्वाधिक सदस्य संख्या रहेको एनआरएन, अमेरिकाको सदस्य नविकरणका हिसाबले नविकरण अबधी, गत सप्ताहन्तसम्म आशातीत नबढेपनी दोस्रो अन्तिम रात आकस्मिक रुपमा पून: सदस्य संख्याले ठुलो एनआरएन, एनसीसी हुने बाटो देखायो । जुन सदस्य संख्या ‘भेरिफिकेशन’ हुन बांकी नै छ । न्यूयोर्क राज्यले ओगटेको दुई बर्ष अगाडीको धेरै सदस्य संख्या रहेको नजिर अचानक रुपमा टेक्सासले लियो । न्यूयोर्क दोस्रो राज्यमा दरियो । क्यालिफोर्निया तेस्रो धेरै सदस्य संख्या रहेको राज्यमै सिमित रह्यो, जुन पहिलो वा दोस्रो हुने छांटमा असम्भव छ । दरिएको टेक्सासले चकित गरायो ।


धेरै मान्छेका ठेगानामा १५० डलरका वालमार्टका क्रेडिट कार्डरु न्युनतम १० प्रतिका दरले सिपिङ भए । त्यसले कसैका ब्यक्तिगत सपिङ भए, केहीले सदस्य बनाए । सदस्य संख्या बढाउन यसपाली धेरै ठेकेदारहरु बजारमा देखिए । राजनैतिक सिद्दान्त कायमै होला तर ‘एनआरएन चुनाव सम्मका लागि’ आस्था परिवर्तन भए । आस्था र समर्थनको तिलान्जलीको असार भोली अमेरिकी प्रवासी समुदायमा देखिएला नै ।
सदस्य संख्या गत दुई बर्ष रहेको अनुपाती हाराहारीमा रहंदा एनआरएन, अमेरिका केन्द्रिय समितिले रातारात ‘सदस्य बन्न पाउनका लागि समयबधी’ बढाएको बक्तब्य जारी गर्‍यो । केन्द्रिय पदाधिकारीहरुले नोट अफ डिसेन्ट लेखे ।  अहिले भटाभट यो सप्ताहन्त सदस्य बनाउने बाहनामा आपसी जम्काभेट गर्दैछ, नेपाली समुदाय ।

अचम्मका निर्णय रातारात हुने समयाक्रममा हिजोको रात १२ जना च्याप्टर सभापतीहरुले ‘भेरिफिकेशनको क्लियरिफिकेशन’ भन्दै बक्तब्य जारी गरे । यि यावत एनआरएनका चर्चा परिचर्चाकाबारे एनआरएन, अमेरिकाका अध्यक्ष डा. केशब पौडेलसंग खुल्लामन्चले समयाबधी बढाउने बिषयमा सोधेको सवालमा भन्नुभयो – “सम्भव भए हरेक शुभेच्छुकहरुको स्वतन्त्रताको हक सुरक्षित राख्न हामी लाग्नुपर्दछ । एउटा समुदायिक अभियान्ताको त्यो कर्तब्य भित्र पर्दछ । निर्वाचन बांकी रहेको ६० दिन अघिसम्म समय थप्न सकिने ब्यबस्था छ । प्रवासमा एउटा जिम्मेवार संस्थाको सदस्य बन्न पाउने बाटो खुला रहनु पाप होईन, समाजकल्याण हो ।’

‘अन्तिम दिननै किन म्याद बढाउन परेको त ? डा. पौडेल डराएर अन्तिम अस्त्र प्रयोग गर्नतिर लागे भनियो । फेरी जिम्मेवार पदाधिकारीहरुले नोट अफ डिसेन्ट लेखेका छन,’ खुल्लामन्चको अर्को प्रश्नमा डा. पौडेल थप्नुहुन्छ ‘सामाजिक सदस्यहरुका कतिपय फाईदाजनक कुराहरुमा सिंगो कार्यसमितिको एकमत हुनुपर्छ भन्ने छैन । कहिलेकांही एकमत हुंदैन । हो, त्यसतै भयो । यो मेरो ब्यक्तिगत फाईदाको लागि होईन । म चुनावको मैदानमा छु, साथीहरु पनि हुनुहुन्छ । सदस्य संख्यामा बढ्ने सदस्यहरु सबै मेरा मात्रै हुन्छन ? यो थपिएको म्याद मेरा र एनआरएन अमेरिकाका लागि होइन, हरेकलाई एनआरएनको सदस्य बन्न पाउने अधिकारको सुनिश्चितता हो । कार्यसमितिको बहुमतले पारीत गरेको बिषयमा कहिलेकाहीं फरक मत आउंछन, त्यो सामान्य हो ।’

‘म्याद बढाएर के फाईदा भयो त ?’ खुल्लामन्चको अर्को सवालमा अध्यक्ष डा. पौडेल बताउनुहुन्छ – ‘चुनावी रफ्तारको गोरेटोमा मैले कुनै कार्यालय स्थापना गरेर सदस्यताको लागि सामग्री सिपिङ गरेको छैन । आँफै बिभिन्न राज्यमा समयले भ्याएसम्म खटेको छु, सदस्यता बढाउने अभियानमा । आईसीसी, आरसी र डिआरसी हामी भन्दा माथी छ, आईसीसीलाई पनि रहर छ कि अमेरिकामा बढी भन्दा बढी सदस्य बनुन । उहांहरुकै सल्लाहलाई केन्द्रिय कार्यसमितिमा छलफलका लागि लगेर बहुमतले म्याद बढाउने प्रस्ताव पारीत गरिएको हो । तपाईं नै हेर्नुस् न, करिब चार हजार भन्दा बढी सदस्य संख्या त बढ्यो त ! के यो उहांहरुको अधिकार होईन ? बाहनाकै नाममा बाहना बनाएर गरिने लफाडाले कसैको हित गर्दैन जस्तो लाग्छ, मलाई ।’

‘प्राय: सबैजसो च्याप्टर सभापतीहरुले ‘भेरिफिकेशनको सुनिश्चितताको बारे औंला ठड्याएका छन त !’ डा. पौडेलले बताउनुभयो – ‘ अन्जान कोही हुनुहुन्न । सामाजिक सेवामा आफुलाई जीवनभर समर्पित गर्नुभएका खारिएका च्याप्टर सभापतीज्यूहरुलाई जानकारी छ कि, एनसीसीको ब्यबस्था के छ । पौडेल एक्लैले भेरीफिकेशन गर्ने होईन । ३ लाख नेपालीको आंखामा छारो हाल्न एनआरएन अमेरिका उभिएको होईन । उहांहरुलाई राम्रो संग थाहा छ, प्रकृया के छ र के हो भनेर । बुझी बुझी हौसिनु राम्रो मानिदैंन । सिंगो एनसीसीको बल भनेको च्याप्टरहरु हो । त्यो बललाई लात हानेर अघि जाने एनसीसीको नियत छैन, ढुक्क हुनुभए हुन्छ ।’

यसैबिच एनआरएन अमेरिकाका मेडिया को-अर्डिनेटर सर्बग्य वाग्ले धेरै भन्दा धेरै सदस्य बन्न चाहनुहुने र समय अपुग भएर सदस्य बन्न नसक्नुभएका सामुदायिक अभियान्ताहरुको आग्रहमा सदस्य बन्न म्याद थपिएको बताउनुहुन्छ । ‘चुनावी प्रायोजनको लागी बिधानले समयमै बनेका सदस्यहरु योग्य भए पनि सदस्य बन्नका लागि चाँहीं २४ सै घण्टा फाराम खुल्ला हुने ब्यबस्था गर्न आग्रह गर्ने पनि धेरै हुनुहुन्छ’ वाग्लेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *