२०८१ वैशाख २६ गते | 8th of May 2024

सुख्खा पहिरोका कारण दसै मनाउन घर फर्केका सयौ यात्रु बाटोमा अलपत्र

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ९ गते १२:३४

गुल्मी, ९ असोज । गुल्मीको तम्घास–रिडी सडकखण्डमा सोमबार सुख्खा पहिरो गएपछि सडक अवरुद्ध हुदा सयौ यात्रु बाटोमा अलपत्र परेका छन । रेसुंगा नगरपालिका १३ स्थित दुविचौर नजिकै भँगारिमा सोमबार बिहान पहिरो खसेपछि सडक दिनभर अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध बनेपछि तम्घासबाट पाल्पा, वुटवल र काठमाडौंसम्म आवतजावत गर्ने सम्पूर्ण गाडी बिच बाटोमै रोकिराखेका छन् ।

पहिरो पन्छाउनका लागि अहिले दुईवटा जेसिभि मेसिन परिचालन गरि काम भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले बताएका छन । पहिरो हटाउन थाले पनि सडक माथिबाट पहिरो खस्ने क्रम नरोकिएकोले सडक खुलाउन थप समस्या परेको थापाले बताए ।
सडक बन्द भएपछि कतिपय यात्रु पहिरो गएको ठाउँभन्दा माथिबाट हिँडेर आधा घण्टा भन्दा बढीको जोखिम पूर्ण पैदलयात्रा गर्न वाध्य बनेका छन् । सडकमा माटोसँगै ठूला ठूला चट्टानहरु खसेका कारण पहिरो हटाउन लामो समय लाग्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *