1

१२ लाखले छाडे काठमाडौँ 

624 पटक पढिएको

काठमान्डौ १० असोज /  मंगलबारदेखि निरन्तर तीन दिन (१०–१२ गतेसम्म) राजमार्ग र स्थानीय सडक वर्षभरमै सबैभन्दा बढी व्यस्त हुँदै छन् ।

यातायात व्यवसायीका अनुसार यो अवधिमा ६ लाख मानिस उपत्यकाबाट बाहिरिँदै छन् । ‘काठमाडौंमा पेसा–व्यवसाय गर्नेदेखि अधिकांश विद्यालय, क्याम्पस बिदा हुने भएकाले यो वर्षको दसैँमा घर जाने ‘पिक आवर’ सुरु हुँदै छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने ।,

बिहीबारसम्म सबै यात्रुको यात्रा सफल बनाउन सकेको खण्डमा यो वर्षको दसैँ सफल भएको मानिने व्यवसायीको भनाइ छ । ‘त्यसका लागि यात्रुबसको व्यवस्थापनमा खटिरहेका छौँ,’ सिटौलाले भने । मंगलबारसम्म काठमाडौं उपत्यकाबाट बाहिरिएकामध्ये ११ लाख गन्तव्य (घर) मा पुगिसकेको र करिब १ लाख मानिस यात्रारत रहेको महासंघले जानकारी दिएको आजको नयाँ पत्रिकामा खबर छ ।

यात्रुबाहक बस तथा अन्य सवारीसाधन बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म गन्तव्यतर्फ लागिरहेका छन् । ग्रामीण क्षेत्रतर्फ गएका सवारीसाधन भने सडकको दुरावस्थाको कारण समयमा फर्कन नसक्दा ढिला भइरहेको यातायात व्यवसायीले जानकारी दिएका छन् । राजमार्गमा भने तुलनात्मक रूपमा यात्रा सहज रहेको छ ।

ग्रामीण भेगको यात्रा कष्टकर, ठूला सहर र सदरमुकाममा सहज
यो वर्ष देशभरका अधिकांश ग्रामीण भेगमा सडकको दुरावस्थाको कारण यात्रुलाई सास्ती भइरहेको छ । कतिपय स्थानीय सडक गाडी गुडाउनसमेत कठिन हुँदा दसैँ, तिहार तथा छठलगायतका चाड मनाउन घर हिँडेकालाई समयमै गन्तव्यमा पुग्न समस्या भइरहेको विभिन्न गन्तव्यमा यात्रारत र घर पुगेका यात्रुको गुनासो छ । यातायात व्यवसायीले पनि मुख्य राजमार्ग छोडेर स्थानीय सडकलाई छुनेबित्तिकै सडक समस्या बनेको बताएका छन् । ‘यसको कारण लामो दूरीका सवारीसाधन गन्तव्यसम्म पुग्न समस्या परिरहेको छ भने फर्केर आउन पनि ढिलाइ भइरहेको छ,’ महासंघका महासचिव सिटौलाले भने । समयमा बस छुट्ने वा गन्तव्यमा नपुग्दा वृद्धा, बालबालिका, सुत्केरी, बिरामीलगायतका यात्रुको बिचल्ली हुने गरेको छ ।

यात्रा गर्न सहज

काठमाडौंदेखि अधिकांश जिल्ला सदरमुकाम, पोखरा, नेपालगन्ज, बुटवल, कैलाली, दीपायल, विराटनगर, हेटौँडा, मन्थली, सिन्धुली, विराटनगर, इलाम, जनकपुरलगायत सहरी क्षेत्र ।

यात्रा गर्न असहज

काठमाडौंदेखि अधिकांश जिल्लाका सदरमुकाम र सहरी क्षेत्रबाहेकका ग्रामीण क्षेत्र, जोमसोम, जुम्ला, अर्घाखाँची, नुवाकोट, खोटाङ, सोलुखुम्बु, जाजरकोट, संखुवासभालगायत ।

स्तरोन्नतिको अभावमा स्थानीय सडक समस्यामा
अहिलेसम्म ५७ हजार ९९७ किलोमिटर (किमि) ग्रामीण सडक निर्माणको चरणमा छ । यस सडकमध्ये जम्मा २ हजार ४ किलोमिटर सडक मात्र कालोपत्रे गरिएको छ । यो भनेको कुल स्थानीय सडकको ४ प्रतिशत मात्र हो । यसकारण अधिकांश सडक अझै कालोपत्रे भएका छैनन् । केही ठाउँमा पानी परिरहेको कारण धुले सडकमा समस्या आएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको भनाइ छ । विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठ सडकलाई स्तरोन्नति गरेर कालोपत्रे गर्न सकेको खण्डमा बाह्रै महिना यात्रा सहज हुने बताए ।

विभागको पछिल्लो तथ्यांकअनुसार देशभरमा ग्राभेल स्तरमा रहेको स्थानीय सडक १२ हजार ८२३ किलोमिटर रहेको छ । यो कुल स्थानीय सडकको २२ प्रतिशत हो । त्यस्तै, धुले (ट्र्याक मात्र खोलेको) सडक ४२ हजार ८ सय ५ किलोमिटर रहेको छ । यो कुल सडकको ७४ प्रतिशत हो । सडक इन्जिनियर तथा यातायात व्यवसायीका अनुसार यो धुले सडक नै सबैभन्दा समस्याग्रस्त सडक हो ।

काठमाडौंदेखि बाहिरिने सबै सडक–नाका सुचारु
यो वर्ष भाडा तिरेरै अधिकतम् २० लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विगतमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने गरेका थिए । त्यस्तै, निजी सवारीसाधनबाट पनि पाँचदेखि सात लाख मानिस उपत्यकाबाट बाहिरिने निश्चितजस्तै भएको विभागका प्रवक्ता डा। टोकराज पाण्डेले बताए । तर, चाडपर्वमा बाहिरिने यात्रुको अध्ययनमा आधारित यकिन तथ्यांक विभाग र यातायात व्यवसायी दुवैसँग छैन । बाहिरिने यात्रुमध्ये सबैभन्दा धेरैले कलंकी, नागढुंगा, मुग्लिङ नारायणघाट हुँदै पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्नेछन् । यसबाहेक राजधानी जोड्ने अरनिको, सिन्धुली–बर्दिबास, पासाङल्हामु राजमार्ग पनि व्यस्त हुनेछन् । सबैभन्दा बढी व्यस्त हुने मुग्लिङ–नारायणघाट खण्डमा चाडपर्वको वेला खाल्डा पुर्ने काम गरिएको छ । यो वर्ष अरनिको राजमार्ग भने अन्यको तुलनामा व्यवस्थित छैन । भारतीय सहयोगमा सडक स्तरोन्नतिको काम भइरहेकाले रोकिँदै जानुपर्दा समयमै नपुग्ने समस्या रहेको अरनिको राजमार्ग बस सञ्चालन गरिरहेका रमेश बस्नेतले जानकारी दिए ।

यात्रुबाहकलाई नारायणघाट–मुग्लिङ सडकमा २४ घन्टा खुला
नजिकिँदो चाडपर्व र मौसममा देखिएको सुधारसँगै यात्रुबाहक र साना सवारीसाधनलाई २४ घन्टा नै छोडिने भएको छ । चाडपर्वमा यात्रुबाहक सवारीसाधनको बढ्दो चाप र ती सवारीलाई प्राथमिकता दिँदै सवारी व्यवस्थापन चुस्त बनाउन मालबाहक ठूला सवारीसाधनलाई भने प्रत्येक दिन राति ८ बजेदेखि १२ बजेसम्म रोकिने भएको छ । ती सवारीसाधनलाई नारायणघाटतर्फबाट आउनेलाई भतेरी जंगल इलाकामा, काठमाडौंतर्फबाट आउनेलाई लेवाटार इलाकामा र पोखरातर्फबाट आउनेलाई आँबुखैरेनीमा रोकिने आयोजना कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

लस एञ्जलस, कार्तिक ८ गते । खुल्लामञ्च नेपाल सम्पादक पुष्पा खनालको गीत 'माया केवल माया'.. ...

लस एन्जलस - बिगत लामो समयदेखि लस एन्जलसमा रहंदै आएका नेपाल अमेरिका एकता समाजका अध्यक्ष.. ...

काठमाडौं - नेपाली कांग्रेसका महासमिती सदस्य, एनआरएनए सल्लाहकार तथा अमेरिकन नेपाली समाजसेवी.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...