२०८१ वैशाख १२ गते | 24th of April 2024

नेपाली एसोसियसन अफ नर्दन क्यालीफोर्नियाको नयां नेतृत्व सर्बसम्मत

खुल्लामन्च
 प्रकाशित: २०७३ चैत ६ गते १५:५९

सान-फ्रान्सिस्को, क्यालिफोर्निया – क्यालिफोर्निया राज्यको सान-फ्रान्सिस्को नगरको सबैभन्दा पुरानो नेपाली सामुदायिक संस्था नेपाली एसोसियसन अफ नर्दन क्यालीफोर्निया (NANC) को हालै सम्पन्न भेलाले नयां कार्यसमिती चयन गरेको छ ।

यस क्षेत्रका नेपाली सामुदायिक सदस्यहरुको आस्थाको केन्द्र, पुरानो संस्था नेपाली एसोसियसन अफ नर्दन क्यालीफोर्निया (NANC) को शनिवार सम्पन्न अधिवेशनले रबिन्द्र कुमार राईको अध्यक्षतामा नयां कार्यसमिती सर्बसम्मत रुपमा चयन गरेको हो ।

दुई वर्षे कार्यकालका लागी चयन भएको समितीको बरिष्ठ उपाध्यक्षमा ईश्वरकान्त सिटौला चयन भएका छन् । यसैगरी समितीको उपाध्यक्षमा हेमा पनेरु, महासचिवमा प्रितेश कार्की र कोषाध्यक्षमा प्रेम परियार चयन भएका छन् ।

नवगठित समितीका सदस्यहरुमा निरेन इटेनी, राजेश रानामगर, प्रेमराज के सी, पदम थोकर लामा तामाङ, सागर श्रेष्ठ, राजकुमार पाण्डे र ध्रुब बस्याल चयन भएको कुरा नव-निर्वाचित कोशाध्यक्ष प्रेम परीयारले जनाएका छन । कोशाध्यक्ष परीयारकानुसार नयां कार्यसमिती बैठकले सचिव, सह-कोषाध्यक्ष र एक जना सदस्य मनोनित गरेर १५ सदस्यीय पुर्ण कार्यसमिती बनाउने छ ।

यस क्षेत्रका नेपालीहरुको पुरानो यस संस्थाको नयां कार्यसमितीमा सबै क्षेत्र, बिचार तथा आस्थाको प्रतिनिधित्व हुनेगरी सर्बसम्मत रुपमा चयन गरिन सकेकोमा सामुदायिक सदस्यहरुले एकताको सन्देशको आभाश मिलेको जनाएका छन ।

सान-फ्रान्सिस्को नगरमा सामुदायिक केन्द्र निर्माण कार्यको सम्पन्नतालाई प्रमुख एजेन्डालाई साकार पार्न नव-निर्वाचित कार्यसमितिले अहोरात्र ईमान्दारिताका साथ काम गर्ने कोशाध्यक्ष परियारले बताए ।

नव-निर्वाचित कार्यसमितिलाई खुल्लामन्च डट कमको तर्फबाट बधाई तथा कार्यसफलताको मंगलमय शुभकामना ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *