२०८१ वैशाख ७ गते | 19th of April 2024

‘समय अनुसार ओपन हुनसक्छु’ -मोडल मुना सरु

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज १९ गते १५:२७

नवलपरासीको खैरेनीमा जन्मेकी मुना सरु मगर नेपाली रंगमञ्चमा निरन्तर जम्दै आएकी छन । जसका कारण मोडलिङ क्षेत्रमा मुनाको आफनै चर्चा छ । सामान्यतया उनलाई मोडलका रुपमा चिनिए पनि उनीभित्र धेरै प्रतिभाहरु लुकेको छ । उनी आफैमा  कोरियोग्राफर पनि हुन । त्यतिमात्र होइन । उनको गायन तथा कथा लेखनमा पनि उत्तिकै झुकाव छ ।
सानैदेखि आफु कुसल नायिका बन्ने सोचका साथ उनी कलाकारिता क्षेत्रमा प्रवेश गरेको बताउछिन । उनी भन्छिन ‘मोडलिङ गर्ने मेरो सानैदेखिको सपना हो ।’ यसरी आफनो सपनालाई पुरा गर्ने क्रममा अहिलेसम्म मुनाले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन । २ वटा म्युजिक भिडियोमा कोरियोग्राफ गर्नुका साथै एउटा गीत आपैmले गाएकी छन । मोडलिङमा गरिने ग्ल्यामर वा अंगप्रर्दशनलाई समयको मागका रुपमा उनी स्वीकार्छिन । मोडलिङको आकर्षक भनेकै आफनो कला र ग्ल्यामर हो । तर हरेक चिज समाजमा पच्ने हुनु पर्छ मुना बताउछिन ।
मेडलिङमा रातारात चर्चा कमाउन एकाएक नांगिनेहरु पनि छन । तर समाजले नै नपचाउनेगरी नांगिएर चर्चा कमाउन भने आफनो सोच नभएको उनी बताउछिन । ‘नांगिदैमा चर्चा कमाइदैन नांगिने पनि पर्दा पछाडी नै भएको धेरै उदाहरणहरु हामी सामु छन । त्यसैले समय र परिस्थिति अनुसार ओपन हुनुपर्छ । ओपन हुने भन्दैमा चर्चा कमाउनकै लागि म चाही ओपन हुन सक्दिन ।’ मुना बतउछिन ।
यस क्षेत्रमा लागेको करिव एक बर्ष भयो । यति छोटो समयमा पनि उनी निकै चर्चामा पुगेकी छन । हुन त यस क्षेत्रमा आउन उनका आफनौ श्रीमानको हात रहेको बताउछिन । उनी भन्छिन ‘मलाई यो क्षेत्रमा आउन मलाई मेरो श्रीमानको ठुलो हात रहेको छ । उहाँको सपोर्टका कारण नै मैले आज कलाकारको रुपमा चिनिन पाएकी छु ।’
यसरी मोडलिङमा जमेकी मुना सरु मगर भविष्यमा भने गायिका बन्ने लक्ष्य भएको बताएकी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *