२०८१ वैशाख १२ गते | 24th of April 2024

फेरी सांगितिक दुनियाँं नचाउंदै युएस खबर

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज १९ गते १९:४३

डालास, अमेरिका । अमेरिकाबाट सञ्चालित ‘युएस खवर अनलाईन’ सत्य सूचना प्रवाह संगै सामाजिक कार्यमा पनि सकृय रहँदै आएको छ । भुकम्प पीडितहरुलाई आर्थिक सहयोग होओस् या अन्य आपतविपतमा होओस्, यसले आफ्नो सहयोगी भुमिका निर्वाह गर्दै आईरहेको छ । सामाजिक कार्यसंगै कलाकारिताको बिकास यो अनलाईन पत्रिकाको अर्को महत्वपूर्ण पाटो बनेको छ । कलाकारिता बिकासका लागि पनि उत्तिकै सकृय बन्दै आईरहेको छ । बिगतमा विभिन्न सांगितीक कार्यक्रमको आयोजना गरेर कलाकारिताको बिकासमा सहयोगी बन्दै आएको यो अनलाईन खवर पत्रिकाले नृत्य क्षेत्रमा नव प्रवेशीहरुलाई फेरी गतिलो स्टेज प्रदान गरिदएको छ । एउटा गीतको कभर नृत्य प्रतिष्पर्धा आयोजना गरेर यो अनलाईन पत्रिकाले विश्वभरीबाटै अनलाईनका माध्यमबाट प्रतिष्पर्धीहरुलाई एक ठाउँमा उभ्याउँदै छ । गायक समिर आचार्यको ‘घिन घिन बज्यो मादलु’बोलको गीतमा कभर डान्स प्रतियोगीताको आयोजना युएस खबरले गरेको हो ।

‘हामीहरु कलाकारिताको बिकासमा पनि उत्तिकै सम्वेदनशिल छौँ, यसर्थ कभर डान्स प्रतियोगीताको आयोजना गरेर विश्वभरबाटै प्रतिष्पर्धि उतार्ने योजना बुनेका हौँ,’ अनलाईनका प्रकाशक तथा सम्पादक किशन रेग्मीले भने ‘नव प्रतिभाहरु कलाकारितामा समावेश हुन सक्ने यो एउटा गतिलो स्टेज हो ।’ उनका अनुसार प्रतिष्पर्धिहरुले यो गीतमा नृत्य गरेर भिडियो निर्माण गर्नुपर्ने छ । उनिहरुले त्यो भिडियो युएस खबरको आधिकारीक ईमेल ठेगानामा पठाउनु पर्ने हुन्छ । विश्वरभबाटै आउने प्रतिष्पर्धिहरुको नृत्यबाट छनौट हुने उत्कृष्ट समुहलाई आकर्षक पुरस्कार दिईने रेग्मीले जानकारी दिए । प्रतिष्पर्धाको निर्णयकमा किस्मत २ बाट नेपाली चलचित्रमा डेब्यू गरेका नायक पृथ्वी राज प्रसाईँ लगाएतका अन्य दुई निर्णायक रहने छन् । रेग्मीका अनुसार प्रथम हुनेलाई एकलाख रुपैयाँ नगद पुरस्कार दिईने छ भने दोस्रो हुनेलाई आकर्षक पुरस्कार संगै नगद समेत प्रदान गरिने छ । यसअघि गतबर्ष पनि यो अनलाईन पत्रिकाले समिर आचार्यकै ‘मेरो दुनियाँ बेग्लै छ,’बोलको गीतमा कभर नृत्य प्रतिष्पर्धाको आयोजना गरेको थियो ।

साथै प्रतिष्पर्धाका बारेमा थप जानकारीका लागि अमेरिकामा किशन रेग्मी, अष्ट्रेलियामा सुसम न्यौपाने, दुबईमा सुबास शर्मा र नेपालमा शशी शर्मा मजगैंया ( काठमाडौँ) र देबेन्द्र बस्नेत( दाङ्ग) लाई सम्पर्क गर्न पनि युएस खबरले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *