२०८१ वैशाख १३ गते | 25th of April 2024

एनआरएन अमेरिकाले गठन गर्‍यो ‘सदस्यता छानबिन समिती’

खुल्लामन्च
 प्रकाशित: २०७३ चैत ७ गते ५:२०

क्यालिफोर्निया, अमेरिका ।
आसन्न गैर एनआरएन, एनसीसी अमेरिकाको निर्वाचनको सदस्यता नविकरणका लागि थपिएको म्याद आज सकिए लगत्तै निर्वाचनमा मताधिकार प्रयोग गर्नाका लागि आबद्ध सदस्यता छानबिन गर्नाका लागि एनआरएन अमेरिकाको आज बसेको केन्द्रिय समितिको बैठकले शक्तिशाली ‘सदस्यता छानबिन समिति गठन’ गरेको छ ।

सदस्य संख्याका हिसाबले पून: सबैभन्दा ठुलो एनआरएन, एनसीसी बन्न सफल एनआरएन अमेरिकाले सदस्यताको निश्पक्ष भेरीफिकेशनका लागि आफ्नै संस्थाका महासचिवको संयोजकत्वमा सदस्यता छानबिन समिती गठन गरिएको एनआरएन अमेरिकाका मेडिया को-अर्डिनेटर सर्बग्य वाग्लेले बताउनुभएको छ ।

को-अर्डिनेटर वाग्लेका अनुसार एनआरएन अमेरिकाका महासचिव तिलक श्रेष्ठ (न्यूयोर्क)को संयोजकत्वमा बिनोद तिवारी (टेक्सास), सि पी पौडेल (टेक्सास), हरिहर दाहाल (क्यालिफोर्निया), प्रमोद सिटौला (न्यूयोर्क), पासाङ्ग लामा (टेक्सास) र नवराज खड्का (न्यूयोर्क) रहेको सात सदस्यीय सदस्यता छानबिन समिती गठन गरिएको छ ।

आजै सकिने सदस्यता बनिने क्रमको म्याद लगत्तै छोटो समयमै धेरै कार्यहरु सम्पन्न गर्नुपर्ने हुनाले आजको बैठकले उक्त समिती निर्माण गरिएको हो । वाग्लेका अनुसार राज्यस्तरको छानबिन समिती, त्यसले गर्ने कार्यहरु र केन्द्रिय छानबिन समितिको कार्यबिधी छिट्टै सार्वजानिक गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *