२०८१ वैशाख १२ गते | 24th of April 2024

कल्याण गुरुङ महोत्तरी १ बाट प्रतिनिधिसभामा उम्मेदवार सिफारिस

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २१ गते १२:३३

महोत्तरी : नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङ प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् । महोत्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट गुरुङको नाम पहिलो नम्बरमै सिफारिस भएको हो ।

कांग्रेस केन्द्रिय सदस्य रहेका गुरुङ नेविसंघका पूर्व केन्द्रिय अध्यक्ष समेत हुन् । कांग्रेसभित्र आशालाग्दा नेताका रुपमा हेरिएका गुरुङले नै सो क्षेत्रमा टिकट पाउने सम्भावना बलियो रहेको बताइन्छ । बाम तालमेल भएकाले पनि त्यसलार्इ भत्काउन सक्ने उम्मेदवारका रुपमा महोत्तरीमा गुरुङको चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *