२०८१ वैशाख ११ गते | 23rd of April 2024

नेपाली समाज टेक्सास (NST)को सहयोगमा झापामा बिद्धालय निर्माण – फोटो फिचर सहित

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २१ गते १२:५२

कन्काई, झापा । अमेरिका स्थित नेपाली समाज टेक्सास (NST)ले झापा गाउँपालिकामा अवस्थित भृकुटी आधारभुत विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

गत २०७४ श्रावण २७ गतेका दिनको भिषण बाढीवाट पिडितहरुलाई राहत स्वरुप सहयोग गर्ने भन्ने सोचका साथ संकलित उक्त रकम तत्काल प्रतक्ष सरोकारवाला सम्म पु¥याउन कठिनाई भएका कारण अब उक्त रकमलाई सोहि क्षेत्रमा रहेको बाढी प्रभावित विद्यालयको शैक्षिक विकास र उन्नतिका लागि फलदायक बनोेस भनेर यस विद्यालयमा ३–४ कोठा सम्मको विद्यार्थीहरुलाई पठनपाठनका लागि एउटा भवन निर्माणार्थ नगद रु ९ लाख सहयोग गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक मदन भण्डारीले आमन्त्रित सम्पूर्णलाई स्वागत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली कंग्रेसका पूर्व उपसभापती देउमान थेवेले सात समन्द्रपारी पुगी दुःख गरेर कमाएको पैसा पनि यस्तो सामाजिक कार्यक्षेत्रमा लगानी गरेकोमा धन्यवाद सहित यस्ता काममा अझै पनि प्रेरणा मिलोस भन्ने कामना समेत व्यक्त गरेका थिए । कार्यक्रमको सम्वोदन गर्दै थेवेले आफु पनि राजनितिककर्मी भएका कारण यस विद्यालयको भौतिक विकासका लागि आफ्नो तर्फवाट पनि प्राथमिकतामा राखिने कुरामा जोड दिएका थिए ।

कार्यक्रमका विशिष्ठ अतिथि तथा नेपाली समाज, टेक्सास, अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले नेपालवाट रोजगारीका सिलसिलामा अमेरिका पुगेका नेपालीहरुले सामाजिक कार्य गर्न सहज होस् भन्ने सोचका साथ स्थपना गरिएको यस संस्थाले सदैब भैपरि आउने विपत अस्थाका क्षेत्रहरुमा सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता कार्यहरुलाई नै अगाडी लिएर जाने कुरामा जोड दिएका थिए । उक्त सहयोग वाट वनिने विद्यालयको भवनको समेत कार्यक्रमका प्रमुख अतिथिको हातवाट सिलान्यस समेत गरियो । झापा गाउँपालिकाका उपप्रमुख कुन्ती बुडाथोकी, सामाजिक व्यत्तित्व रुपक बजगाई, सञ्चारकर्मी तथा सामाजिक व्यात्तित्व मनोज बस्नेत लगायतले मन्तव्य राखेको कार्यक्रममा दात्रि संस्थाका उपाध्यक्ष कमल साप्कोटा, महासचिव कमल सत्याल, अमेरिकामा स्थापित युवा व्यावसायी हरिबोल भण्डारी, राजनितिककर्मी उत्तम सुवेदी लगायतको उपस्थिति रहेको थियो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एंव नेपाली जन सम्पर्क समिति अमेरीकाका सदस्य प्रमोद सिटौलाले आजको यो भवनको लागि ५ लाख नगद हस्तानतरण गरिसकेको र अन्य बाँकी ४ लाख रुपैया विद्यालयको खातामा तुरुन्तै अमेरिका पुगेपछी पठाई र उक्त थालेको भवन सम्पन्न गर्नको लागि अपुग भएको खण्डमा थप रकम समेत सहयोग गर्न सकिने कुराको जानकारी गराएको कार्यक्रमको सञ्चालन विद्यालयकी विद्यार्थी भगवती राउतले गरेकी थिइन् ।

फोटो : प्रमोद सिटौला

Leave a Reply

Your email address will not be published. Required fields are marked *