२०८१ वैशाख ११ गते | 23rd of April 2024

विश्वाशनियतामा शंका नगर्नुस् : एनआरएन सदस्यता छानबिन समिती

खुल्लामन्च
 प्रकाशित: २०७३ चैत ८ गते ६:२६

गोकुल ढकाल
लस एन्जलस, अमेरिका ।

सदस्य बन्ने चार दिने अबधी सकिनु अगावै एनआरएन, अमेरिका केन्द्रिय कार्यसमितीले बैठकको बहुमतीय निर्णयको आधारमा गठन गरेको सदस्यता छानबिन समितिका बारेमा समर्थन र बिरोधका आवाज छाएका छन । बिशेषत: नेपाली जनसंपर्क समिती अमेरिकाका केन्द्रिय उपसभापती सिपी पौडेल, केन्द्रिय सदस्य प्रमोद सिटौला र पुर्व केन्द्रिय सदस्य हरिहर दाहालको मनोनयनको बिषयलाई ‘एनआरएनले कांग्रेसी राजनीति भित्र्याएको’ आरोप लगाएका छन । आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा भाग लिन आबेदन परेका करिब १६ हजार सदस्यका नामावालीको भेरीफिकेशनमाथी ‘शंका’ गरिएको समाचारकै मात्र चर्चा छ ।

विश्वाशनियता, घुसाईएको भनिएको राजनीति र समितिको कर्तब्यप्रति समितिका संयोजक तिलक श्रेष्ठ, सदस्यहरु सिपी पौडेल, प्रमोद सिटौला, हरिहर दाहाल र बिनोद तिवारीहरुसंग खुल्लामन्चले गरेको संक्षिप्त कुराकानी :

तिलक श्रेष्ठ : संयोजक एनआरएन सदस्यता छानबिन समिती एवम महासचिव एनआरएन अमेरिका

विश्वाशनियता :
सदस्यता छानबिन समितिमा कुन ब्यक्ती र कसमो मान्छे को परे भन्दा पनि एनआरएनको केन्द्रिय समितिको बैठकमा प्रस्तावित बिभिन्न नामहरु मध्यबाट संस्थाको बैठकको बहुमतद्दारा छानबिन समितिको निर्माण भएकोले १६ हजार सदस्य बनेका संस्थाको बहुमतको निर्णय मान्ने वा नमान्ने भन्ने कुरो ठुलो हो । प्रवासमा प्रजातन्त्रको वकालत गर्नेहरुले प्रजातान्त्रिक प्रकृयाले ‘केवल १५ दिनको लागि’ बनेको सानो समितिप्रती तल्लोस्तरको अन्धबिश्वास गर्नु राम्रो होईन । छानबिन समिती तलब भत्ता खान वा नेता बन्न बनाउन निर्माण भएको होईन, मैले अघि नै भने परेका आबेदनहरुको भिरिफिकेशन गर्ने हो, केबल १५ दिन भित्र ।
एनआरएन अमेरिकाको पोलिसी, बिधान र विश्वाशलाई आधार मानेर समितिले आफ्नो पोलिसी बनाउंछ । निती, नियम र प्रकृयालाई अंगिकार गर्दै पोलिसी भित्र रहेर काम सम्पन गरिनेछ, यसमा कुनै शंका छैन ।

राजनीति :
हरेक मानिस कुनै न कुनै विचारबाट प्रभावित भएको हुन्छ । अमेरिकामा निर्माण भएका प्रायश: संस्थाहरु कुनै न कुनै बिचार वा राजनीतिबाट प्रभावित छन । जहाँंसम्म छानबिन समितिमा राजनीति घुसाईएको आरोप छ, समितिमा रहनुभएका सदस्यहरु कुन संस्थामा आबद्ध हुनुहुन्छ, त्यो हिजो उहांहरु बाहेक जो कोही आएको भएपनि बिरोधका लागि बिरोधकै बिऊ रोपिन्थ्यो । फेरी १५ दिन काम गरेर उहांहरु सांसद बन्ने होईन । समिती निर्धक्क भएर काम गर्छ, यसमा राजनीति भन्ने शब्दको सम्बन्ध छैन ।

सि पी पौडेल, सदस्य

विश्वाशनियता :
छानबिन निश्पक्ष नहोला की भन्ने ढंगबाट प्रचार गरिएको बिषय प्रमुख भएकाले एनआरएन निर्वाचनमा भाग लिनाका लागी योग्यता पुगेका सबैलाई सदस्यता दिने भएकोले अरु बखेडा झिक्नुको कुनै तुक छैन । एनआरएन अमेरीकाका सबै च्याप्टरहरुमा सदस्यता भेरीफिकेशनका लागी अर्को छुट्टै समिती पनि हुन्छ, च्याप्टरमा भेरिफाई भैसकेपछि केन्द्रिय समितीमा आउने हो । यो प्राबिधिक विषय भएकोले सदस्यता छानबिनमा कुनै शंका गर्नुपर्ने कारण छैन ।

राजनिती :
नेपाली कांग्रेस सम्बद्ध भएपनि जन सम्पर्क समिती अमेरीका 501(C)3 अनुसार सामाजिक संस्थाका रुपमा दर्ता भएको र त्यसमा आफुहरु बिभिन्न पदमा रहेपनि पदमा भएकै कारण सदस्यता छानबिन निश्पक्ष हुदैन भन्नु कमजोर मानसिकताको उपज हो ।
म र प्रमोद सिटौलाजी जन सम्पर्कका बिभिन्न पदमा छौं । यहां सबै कुनै न कुनै राजनीतिक दलमा आवद्ध छन र दलमा आवद्ध भएकै कारण कुन आधारमा निश्पक्षता हुंदैन भन्ने कुराले सामाजिक संजालका भित्ताहरु रंगिएका हुन, त्यो उहांहरुले बुझ्ने कुरा हो । विश्वाश गर्नुस्, सदस्यता छानबिन समितीले कुनै राजनीतिक दल, कुनै जातजाती, लिंग या क्षेत्र तथा अरु कुनै कारण पनि भेदभाव नगरेर एनआरएनको मापदण्ड अनुसार काम गर्नेछ ।

प्रमोद सिटौला, सदस्य

विश्वाशनियता :
प्रत्येक संस्थाको आफ्नो कार्यबिधी हुन्छ । त्यसका समितिका आफ्नै प्रकारका बिधी-बिधानहरु हुन्छन । जसरी एनआरएन, अमेरिकाको छ । समितिको कार्यबिधी बन्नेछ, जसानुसार छानबिनको प्रकृया हुन्छ । अबिश्वास गर्नुपर्ने कुनै कारण छैन । सदस्यताका लागि परेका आबेदनहरुलाई केलाएर समितिले बनाउने बिधी र प्रकृयालाई आधार मानेर छानबिन भै ७ जनाको समितिले भेरीफिकेशन गरी निर्वाचन आयोगमा पठाउने हुनाले सबैकुरा छर्लङ्ग छ । हामी वास्तवकिता छर्लङ्याउन आएका हौं, तनखा लिन होईन ।

राजनीति :
नेपालमा रहंदा रुखमा, सुर्यमा, हलोमा वा केहीमा भोट हाल्थ्यौ कि भन्ने आधारमा बिदेशमा रहनुहुने बिद्धान साथीहरुले क्राईटेरिया छुट्ट्याएर कसैको दर्जा तोक्नु राम्रो होला जस्तो लाग्दैन । ५०१ – सी अनुसार बैधानिक रुपमा दर्ता भएको संस्थाको निती, नियम र प्रकृया मान्ने हो, छानबिन समिती र सदस्यहरुले । कलंकको टिका लगाउन होईन, राजनैतीक अनुभवलाई कार्यसम्पन्नता लागि उपयोग गर्ने हो, नारा घन्काउने हाम्रो काम होईन ।

हरिहर दाहाल, सदस्य

विश्वाशनियता :
सबै सदस्य र शुभेच्छुकहरुको मनमा लागेका कुराहरु अभिब्यक्त गर्न पाउनु नै प्रजातन्त्र हो । एनआरएन अमेरिकाको बैठकले प्रकृया पुर्याएर बहुमतद्दारा पारीत भई गठन भएको छानबिन समिती बनाउनुभएकोले भोली हुने हाम्रो कार्यसम्पादनमा शंका गर्नुपर्ने आबश्यक लाग्दैन । प्रकृयागत कुराहरुलाई पनि बिरोध गर्न पाईन्छ । बिरोध र असन्तुष्टिहरु हाम्रा लागि सही काम गर्न उत्प्रेरित गर्ने उर्जा हुन । बिरोध गर्न र असन्तुष्टिहरु राख्न पाउने अधिकार प्रजातन्त्रमा मात्रै पाईन्छ । बिद्धानहरुलाई यति कुरा अवगत छ जस्तो लाग्दछ ।
ब्यक्तिको छनोट र संलग्नता भन्दा पनि उसको ईमान्दारिता र कार्य सम्पन्नताले दुंनियाको बिरोध र समर्थनको टुंगो लगाउंछ ।

राजनीति :
म प्रजातन्त्रमा विश्वाश गर्दछु । प्रजातन्त्र र असल निर्णयको बहुमत । राजनीति आफु-आफुले अंगिकार गर्ने शैलीमा भर पर्दछ । यसबारे यत्ति नै ।

बिनोद तिवारी, सदस्य

विश्वाशनियता :
नितान्त निस्वार्थ भावनाले काम गर्छ, यो समितिले । बिधानमा उल्लेखित भएका कुराहरु समेटेर समितिले एउटा पोलिसी बनाउंछ । त्यसैमा रहेर भेरीफिकेशन गर्नेछौं । कसैले एउटै कार्डबाट १ देखी १५ जना सम्म बनाईएको सदस्य संख्यालाई निर्वाचनको लागि मन्यता दिने प्रावधान राखिने छ । त्यसै कार्डबाट बनाईएको १६औं सदस्यलाई सदस्यको मान्यता दिईनेछ तर निर्वाचनमा मतदान गर्ने अधिकार प्रदान गराईनेछैन । यि यस्ता पोलिसीहरुलाई आधार मानेर १५ दिनमा सम्पूर्ण कार्य सम्पन्न गर्नेछौं । शंका गर्नेहरुलाई भन्नु केही छैन ।

राजनीति :
१६ हजार भन्दा बढी सदस्यहरु, करिब तीन लाख अमेरिकी नेपाली दाजु-भाई तथा दिदी-बहिनी र सामुदायिक अभियान्ताहरु ‘वाच डग’ को रुपमा बसेको समाजमा एनआरएन, अमेरिका र छानबिन समितिले सबैको भावनालाई समेटेर कार्य गर्नेछ, राजनीति भागभन्डा होईन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *