२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

दुई महिनादेखि हराइरहेकी पत्रकार वालको टाउको समुद्र भेटियो

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २१ गते १४:३८

एजेन्सी २१ असोज । दुई महिनादेखि हराइरहेकी स्वीडिश पत्रकार किम वालको टाउको र खुट्टा भेटिएको डेनमार्क प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारीहरु वालको शरीरका भागहरु खोज्दै
फ्रिल्यान्स पत्रकार वाल अगस्ट १० मा एउटा निजी पनडुब्बी जहाजमा कोपेनहेगनको दक्षिणमा रहेको समुद्रमा पिटर म्याडसनसँगै गएकी थिइन् । उनी ‘न्युज स्टोरी’ का लागि त्यहाँ गएको बताइएको छ ।
म्याडसनलाई वालको हत्या गरेको आरोप लागेको छ । तर उनले भने वालको मृत्यु एक दुर्घटना भएको बताएका छन् । प्रहरीले वालको टाउकोको ‘अटोप्सी’ परीक्षण गरेको छ । प्रहरीका अनुसार परीक्षणबाट वालको टाउकोमा कुनै चोट देखिएको छैन । उनको पहिचान भने दाँतबाट भएको थियो ।
‘हामीले एउटा ब्यागका साथै वालका कपडाहरु शर्ट, स्कर्ट र जुत्ता तथा मोजा फेला पार्यौँ । हामीले वालको खुट्टा र टाउको पनि केही समयपछि फेला पार्यौँ’, अनुसन्धान टोलीका प्रमुख मोएल्लर जेन्सलनले बताए । गोताखोरहरुको टिम पत्रकार वालको हातको खोजीका लागि शनिबार पनि जुटिरहेको छ ।
प्रहरीले वालको मृत्युको कारण बारे अनुसन्धान गरिरहेको बताएको छ । अगस्ट २१ मा पत्रकार वालको टाउको बाहेकको भाग कोपेनहेगन नजिकैको टापुमा भेटिएको थियो । अनुसन्धानकर्ताहरुले पनडुब्बीमा लागेको रगत र टाउको बाहेकको शरीरमा लागेको रगत एउटै भएको पत्ता लागेको थियो ।

पत्रकार किम वालको हत्याको आरोप लागेका पिटर म्याडसन
पिटर म्याडसनलाई भने वालको शरीरलाई टुक्रा–टुक्रा पारी काटेको, पनडुब्बीलाई पन्चर गरेर पाइप बाँधेर समुद्रमा डुब्ने बनाएको आरोप लागेको छ । विभिन्न अनलाइनको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']