२०८१ वैशाख ७ गते | 19th of April 2024

नेपाल स्टक एक्सचेन्जको सिइओका लागि तीन जनाको नाम सिफारिस

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २१ गते १५:३७

काठमाडौ २१ असोज । नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। अर्थ मन्त्रालयको बित्तीय क्षेत्र ब्यवस्थापन विभागले अन्तिम तीन जनाको नाम सरकारलाई सिफारिस गरेको हो ।

नेप्सेको सीईओ नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले ज्योति बिकास बैंकका नायव कार्यकारी प्रमुख मनोज ज्ञवाली, प्राध्यापक प्रमोद शर्मा, नेपाल ईन्स्योरेन्सका पूर्व मुख्य कार्यकारी चन्द्र साउदको नाम सरकारलाई सिफारिस गरेको हो।

असार २४ गते यता रिक्त रहेको नेप्सेको प्रमुख कार्यकारी अधिकृत लागि अर्थमन्त्रालयले प्रकाशित गरेको अन्तिम ५ जनाको नामावलीमा चन्द्रसिंह साउद, प्रमोदराज शर्मा, प्रविन पन्दाक लिम्बु, मनोज कुमार ज्ञवाली र सिताराम थपलिया थिए। नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि १३ जनाले आवेदन दिएका थिए।

समितिले छनौट गरेका ५ जनाबाट ब्यबसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिइएको थियो। प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा समितिले ३ जनाको नाम सिफारिस गरेको जनाएको छ।

सम्भवत असोज २२ गते बस्ने मन्त्रिपरिषद्को बैठकले ुसर्ट लिस्टु परेका तीनजना मध्येबाट एकलाई नेप्सेको सीईओमा नियुक्ति गर्नेछ। नियुक्ति पाउनेले आगामी ४ बर्षका लागि नेप्सेको जिम्मेवारी सम्हाल्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *