२०८१ वैशाख १२ गते | 24th of April 2024

मंसिरदेखि चमेलिया सञ्चालनमा आउने

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २७ गते ३:१७

 

काठमाडौं २७ असोज । पाँच वर्ष ढिलाइ र झन्डै दोब्बर खर्च लागेको चमेलिया जलविद्युत् आयोजनाबाट मंसिरदेखि बिजुली उत्पादन हुने भएको छ । बैतडी र दार्चुला छुट्याउने नदी चमेलियामा निर्माणाधीन ३० मेगावाट क्षमताको जलविद्युत् परियोजना उत्पादनको चरणमा पुगेको छ । चमेलिया आयोजनाको विद्युत् आगामी नोभेम्बरबाट उत्पादन हुने आयोजनाको भनाइ छ ।

आयोजना प्रमुख अजयकुमार दाहालका अनुसार परीक्षण ९ड्राई टेस्ट० को काम सकेर अन्तिम उत्पादन र प्रसारणको काम भइरहेको छ ।

साढे ४ किलोमिटर सुरुङको ३ टनेलमध्ये १ र ३ नम्बर बन्द गरिसकेको र २ नम्बर टनेल बन्द गर्ने कार्य भइरहेको छ । ‘प्लकिङ र सुरुङ सरसफाइ सकिएपछि सिभिलतर्फको काम सकिनेछ ।

त्यसपछि सुरुङमा पानी छोडिनेछ,’ उनले भने, ‘सुरुङ टेस्ट भएपछि पावरहाउसमा जडान मेसिन टेस्ट गरिन्छ ।’ उनले अक्टोबरमा टेस्टिङ सकेर नोभेम्बरमा उत्पादन सुरु गर्ने गरी काम भइरहेको जानकारी दिए ।

परियोजनाले ६ वर्ष ढिलो उत्पादन गर्न थालेको भए पनि स्थानीय बासिन्दा खुसी छन् । ‘परियोजनाबाट बिजुली उत्पादन सुरु हुन लागेकोमा हामी खुसी छौं,’ स्थानीय गोविन्द बोहराले भने, ‘लोडसेडिङ’ को मार खेपिरहेका नेपालीलाई राहत पक्कै हुन्छ ।’ उनले उत्पादन खर्चमा बढाएको लागत, निर्माण कार्यमा सुस्तता र आर्थिक अनियमितताले सन्तोष गर्ने ठाउँ कमै रहेको सुनाए । कान्तिपुरमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *