२०८१ वैशाख १२ गते | 24th of April 2024

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २८ गते १४:१३

काठमाडौंै २८ असोज । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ कार्कीछापमा ट्याक्टर दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
शनिबार पौने १२ बजेतिर भएको दुर्घटनामा ट्याक्टर चालक इटहरी १८ का सुरज विक र सहचालक भोजपुरको षडानन्द नगरपालिकाका निशान भुजेलको घटनास्थलमै ज्यान गएको छ । धरानबाट भोजपुर जाँदै गरेको को २ त २८३९ नम्बरको ट्याक्टर कार्कीछापमा अनियन्त्रित भएर पल्टिदा दुइजनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *