२०८१ वैशाख १४ गते | 26th of April 2024

शेयरमा लगानी गर्न चाहनेलाई जानकारी दिन सफ्टवेयर

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ३१ गते १६:१२

 

 

काठमाडौं, ३१ असोज । शेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ ।  शेयरमा लगानी गर्न चाहने नागरिकलाई सम्बन्धित कम्पनीका बारेमा सत्यतथ्य जानकारी दिने लक्ष्यका साथ उक्त सफ्टवेयर विकास गरिएको हो ।
एस्ट्रिक टेक्नोलोजीले निर्माण गरेको उक्त सफ्टवेयरले शेयरमा लगानी गर्न चाहनेलाई कम्पनीको आर्थिक अवस्था, बजार मूल्य, नाफा घाटा तथा सम्बन्धित कम्पनीको सम्पूर्ण विवरण लगानीकर्तालाई जानकारी दिनेछ ।
उक्त सफ्टवेरमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत सबै कम्पनीको विगत पाँच वर्ष यताको सबै तथ्यांक राखिएको छ । सफ्टवेयर प्रयोगकर्ताले आफूले चाहेबमोजिमको तथ्यांक उक्त सफ्टवेयरबाट लिनसक्ने एस्ट्रिक टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अतितलाल श्रेष्ठले जानकारी दिनुभयो । तर उक्त सफ्टवेयर भने लगानीकर्ताले तीन हजार ५ सय रुपैयाँमा खरिद गर्नुपर्ने हुन्छ ।
उक्त सफ्टवेयरको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गर्नुभएको हो ।
अर्थमन्त्री कार्कीले डेटा एनालिटिक्स सफ्टवेयरले शेयर बजारका लगानीकर्तालाई सूचीकृत कम्पनीका बारेमा विश्लेषण गरी लगानीसम्बन्धी निर्णय लिन सहयोगी हुने विश्वास व्यक्त गरे ।
धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले स्वदेशी लगानीकर्ताको संरक्षण गर्दै धितोपत्र बजारमा गैरआवासीय नेपालीको लगानी भित्र्याउन गृहकार्यमा बोर्ड जुटेको जानकारी दिए ।
उनले गैरआवसीय नेपालीले गर्ने लगानीको सीमा, मुनाफा फिर्ता लैजानेलगायतका विषय टुङ्याउन बाँकी रहेकाले यसले मूर्तरुप लिन नसकेको बताए ।
नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले विकास बैंक र लघुवित्त कम्पनीको परिसूचक छुट्याएर बेग्लाबेग्लै बनाउन लागिएको जानकारी दिँदै अनलाइन कारोबार छिटो सञ्चालनका लागि आफूले कार्यभार सम्हालेदेखि नै प्रयास थालेको बताए ।
विगत १० वर्षदेखि आर्थिक पत्रकारिता गर्दै आएको मेरो लगानी डटकम दशौँ वर्षमा प्रवेश गरेको अवसरमा उक्त सफ्टवेयर सार्वजनिक गरिएको हो । यस्तै उक्त अनलाइनले नेपाल जर्नल डट कमसमेत सञ्चालनमा ल्याएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *