२०८१ वैशाख १३ गते | 25th of April 2024

अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो नियम कार्यान्वयन नगर्न अदालतको आदेश

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १ गते ३:४८

कात्तिक १ एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्ध नियम लागु नहुने भएको छ । राष्ट्रपति ट्रमले ८ देशका नागरिकलाई अमेरिका प्रवेश गर्न नदिने सम्बन्धी नियम कार्यान्वय गराउन खोजेका थिए तर उक्त नियम कार्यन्वयन नगर्न अदालतले आदेश जारी गरेपछि कार्यन्वायन नहुने भएको छ । अमेरिकाको एक संघीय अदालतले विभिन्न देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी नियम तत्कालका लागि कार्यान्वय नर्गन आदेश दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्पले देशको सुरक्षाका लागि भन्दै ल्याएको यात्रा प्रतिबन्ध सम्बन्धी नियम यो हप्ता लागु गर्ने तयारी थियो । तर हुवाइ राज्यको होनोलुलुमा हरेको संघीय अदालतले नियम तत्काल कार्यन्वयन नर्गन आदेश दिएको हो ।
ट्रम्पको यात्रा प्रतिबन्ध सम्बन्धी नियम अनुसार इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाड र उत्तर कोरिया नागरिक तथा भेनेजुएलाका केही अधिकारी प्रभावित हुने थिए । नयाँ नियम कार्यान्वयका लागि अमेरिकाको संघीय आप्रवासी कानुन अनुसार राष्ट्रपतिसँग अधिकार नरहेको अदालतले उल्लेख गरेको छ ।
यसअघि राष्ट्रपति ट्रम्पले कार्यभार सम्हाले लगतै मुस्लिम बाहुल्य विभिन्न ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी नियम ल्याउनुभएको थियो । त्यस विषयमा सर्वोच्च अदालतले जाँच गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *