२०८१ वैशाख १३ गते | 25th of April 2024

अमेरिकाबाट शहीदको परिवारलाई सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १ गते ३:५०

राजविराज, १ कात्तिक । अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा शहीद भएका आनन्द साहका परिवारलाई मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ ।

मधेशी इञ्जिनियर्स स्टुडेन्ट यूनियन ९मेसु० को समन्वयमा मलेठ घटनाका शहीद परिवार सप्तरीको कृष्णसवरण गाउँपालिका निवासी स्व आनन्द साहकी पत्नीलाई रु २५ हजार आर्थिक सहयोग उपलब्ध गराइएको मेसुका अध्यक्ष ई सञ्जीवनारायण यादवले बताए ।

गतसाता सोही संस्थाले मलेठ घटनाका अन्य शहीद सञ्जन मेहता, पीताम्बर मण्डल, इनर यादव, वीरेन्द्र मेहताका परिवारजनलाई रु २५ हजारका दरले आर्थिक सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *