२०८१ वैशाख १३ गते | 25th of April 2024

निर्मल हृदय

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ३ गते १६:४३

– लक्ष्मण सिटौला

-पृथ्वी जुन तत्व बाट बनेको छ मानव शरीर पनि तिनै तत्व बाट निर्मित पार्थिव खोल हो ।

पृथ्वी आफै नीर्मल निर्मित छ। यस्लाइ अनिर्मल बनाउने काम मनुष्यहरुले गर्दै आए । मानवीय समगुणले मानव एउटै हो, तर मानवले नै मानव माथी अनेकौं बिबेधकारी नियम लागू गर्यो । त गोरो । त कालो । त गरीब । त धनी । त बाहुन । त क्षेत्री । त छुत । त अछुत । त धनी । त गरीब भनेर बिभाजन निर्माण गर्यो । यो २१ औ शताब्दीमा हामी अझै जातमा धर्ममा लिंगमा बर्ग र क्षेत्रलाई आधार बनाएर अहमको राजनीति गरिरहेछौ र आफुलाइ प्रगतिशील पार्टीको महान नेता वा कार्यकर्ता भनिरहेछौ ।

सबैभन्दा प्रगतिशीलत उहि हो जस्को हिर्दय नीर्मल छ ।
सबैभन्दा नीर्मल उही हो जस्को बिचार ब्यवहार र सम्पुर्ण कर्मादी प्राकृतिक छ । घामको किरण सागरको पिध सम्म जसरी पुग्छ । हावाले जसरी रोगी मान्छेको घाउ देखि तरुण मान्छेको ओठ सम्मलाइ स्पर्श गर्छ, फूलको सुगन्ध फोहोरमै पनि फैलिदिन्छ र आफ्नो ससीम अत्तरले नुहाइदिन्छे वातावरण लाई ।

जुन आफ्नो जुनेली किरण बिरहमा रोएकी प्रेमी देखि मधुर मिलनमा मदोन्मादीत जोडी लाई समेत समान रूपमा बाडिदिन्छे । खोइत यहाँ कहि कतै बिभेध छैननि !

नीर्मलता धोएर आउदैन। नीर्मलता रोएर आउदैन । नीर्मलता पढेर आउदैन । नीर्मलता गाएर पनि आउदैन ।नीर्मलता हामी भित्रको अध्यारो लाई फालेपछि मात्रै आउँछ । अबोध बालकको जस्तै हुन्छ नीर्मल मन । डर त्रास भय सन्ताप लोभ ईष्र्या रहित मन नै नीर्मल मन हो । नीर्मल मन शुन्य हुन्छ। शुन्य मन सुनिश्चित हुन्छ। उ कतै भोकको लयमा भड्किदैन । उस्ले भोगको भाषा पनि जान्दैनन। भोग बाट नै भिखको सुरुवात हुन्छ । आधुनिक युगका कथित गुरुहरु भोगको शिकारी हुन ।परम परमेश्वरका नाउँमा अज्ञानी मनुष्यमाथी राज गरिरहेछन । सुनिन्छ बेलाबेलामा तिनका कर्तुत ब्यपार । देश भन्दा विशाल हुन्छ मन । सागर भन्दा अतल गहिरो हुन्छ मन। आकाश भन्दा फराकिलो हुन्छ मन । मन हलुकोमा हावा हो , मन गर्हुङोमा पहाड हो, मन सितलतामा हिउँ हो। मन कठोरतामा फलाम हो । मन कोमलतामा फूल हो । उज्यालोमा मन घाम हो । अध्यारोमा मन ब्ल्याक होल हो । यहि सर्वेश्वर मन नै परमेश्वर हो । मनको नीर्मलताले नै शिद्धार्थ गौतम बुद्द बनेका थिए ।

नीर्मल मनले मान्छे ईश्वर बन्छ ।

नीर्मल हिर्दय बनाउन जुनबाट, घामबाट, पानीबाट, फूलबाट रुख बिरुवा पात बाट सिक्नुपर्छ । जवसम्म लोभको भारी बोकेर हिडिरहन्छौ हामी हिर्दय नीर्मल हुदैन । लभको भारी यानिकी
” प्रेम”को भारी बोकेपछी मात्रै त्यो आत्मा शुद्धता तिर नवनित हुन्छ । त्यस्तो प्रेम जुनले पृथ्वीलाई गरेको जस्तो । घामले पृथ्वीलाई किरणले छोपेको जस्तो प्रेम । राग मिसिएको प्रेमत असुद्द हुन्छ। बितराग मिसिएको प्रेम नीर्मल हुन्छ ।

हिर्दय नीर्मल बनाउलाइ बुद्द नै बन्नुपर्ने होइन । हिर्दय नीर्मल बनाउनलाइ राम कृष्ण परमहम्स ब्यास गान्धी लुथर जिसस महावीर कविर ओशो बनिरहनु पर्दैन ।

प्रार्थना बाट जीवन सुरु गरौ र,
भजनमा गएर जीवन अन्त गरौ ।

हिर्दय नीर्मल बनाउने बाटो यहि हो । गरिने यावत कर्म प्रार्थना होस र फल भजनामृत बाट मिलेको आनंदकानन होस । यान्त्रिक कर्मादी बाट भड्किरहेको मनलाई शान्त पार्ने सोच हामी नेपालीमा छैन ।

हाम्रोमा नेता बन्नुको अभिस्टता सभासद वा मन्त्री बन्नु हो । गणेशमान बाहेक कोहि नेपाली नेतामा पद त्यागको अवधारणा जन्मिएको देखिएन । गणेशमानको नीर्मल हिर्दय बारेमा यहाँ कसैले चासो राखेन । लालच लोभ असन्तुष्टि वैमनस्यता फुट र गुटको घर हो नेपाली राजनीति । त्यसैले यो देश सधैं संक्रमण मै गुज्रिरहेको छ । यो देशमा सकेसम्म संक्रमणकाल लम्ब्याउने काम हुन्छ र त्यही मौकाको फाइदा लिरहेका छन नेताले ।
मानिस मानसिक रूपमा ठिक भएन भने उस्लाइ अनेकन रोगले आक्रमण गर्छ। हाम्रा नेताहरूको मानसिक स्थिति नै अशान्त छ। अस्तिर मन छ, त्यसैले हाम्रो राजनीति पनि अस्थिर छ जसरी देश र शासन ब्यवस्थापन अस्थिर छ। र नेताहरू रोगी छन मानसिक र शारीरिक दुवै रूपमा ।

अहिलेका उत्तर कोरियाली शासक किम जोनले पृथ्वी लाई अनिर्मल बनाउदैछन। मिसाइल केको लागि हो ? कस्को लागि हो? कुन उदेश्यका लागि हो भनेर बुझ्ने हो भने प्रष्ट हुन्छ । यो मानवीय जीवन क्षयीकरणका लागि हो । हतियार निर्माण गर्नुको अलवा खेतमा धान फलाएर बिश्वमा अन्नको अभाव भैरहेको युगमा, अनिकाल बाट पृथ्वीलाई जोगाउनु पर्ने थियो ।

बालबालिकाहरु भोक र कुपोषण बाट ग्रस्त छन । खानेकुराको अभाव छ, आइमाईहरु कम्जोर बन्दै गइरहेका छन । तर उत्तर कोरिया युरेनियमको , मिसायलको खेती गर्छ। ,खोइ किनहोला किम जोनको हिर्दय नीर्मल नभएको ?के किमजोन अजम्बरी छन र? तर पनि सुर्यको किरण र जुनको किरण उत्तर कोरियामा लागिरहेकै छ त! बिभेद गर्दैन प्रकृति कसैमाथि ।

युरेनियमको खेतीबाट केवल मनुष्य लाई मृत्युको मुखमा धकेल्न लालयित छ यो युगको मानिस ।

आजभन्दा पाँच हजार बर्ष पहिले। यो धरामा नीर्मल हिर्दय लिएर केही सिद्द मनुहरु जन्मिएका थिए । श्रीकृष्ण ,बेदब्यास,बिदुर, योग सुत्रपात गर्ने पतन्जली । तिनै युगमा बेदब्यासले महाभारत गीता लेखे । आजसम्म यिनै ग्रन्थमा आधारित रहेर हिन्दु धर्म जिवित छ । ठिक त्यस्को २५ शय बर्ष पछि पुर्वीय द्विपमा बुद्द जन्मिय महाबीर जिसस जन्मिए। त्यही नीर्मल हिर्दयको छायांको शितलताले आजको दिन सम्म मानिसमा कल्याणको सोच जिवित रहेको छ ।

पद प्राप्तिको लालसा र भोगवादी चिन्तनबाट ग्रसित बनेसम्म हिर्दय नीर्मल हुदैन । एक घन्टा देवस्तुती गर्ने ,घन्ट हल्लाउने, धूप बाल्ने तर मन्दिर बाट बाहिर निस्किएपछि नीर्मल मनलाइ मन्दिरमा बन्दकी राखि आसुरी मन चै सगै लिएर सडकमा उत्रने। नारा जुलुस गर्ने । जिन्दावाद र मुर्दाबादमा होमिने हो भने हामी मनुष्य कहिले भागवत सत्ता प्राप्त गर्ने?

Leave a Reply

Your email address will not be published. Required fields are marked *