२०८१ वैशाख ८ गते | 20th of April 2024

कपोकल्पित आरोप प्रमाणित गर्न चुनौती दिन्छु – बरीश्ठ उपाध्यक्ष सुनील शाह

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ५ गते १८:०२

एनआरएन ग्लोबल कन्फेरेन्स बखत आफुप्रती लागेको आरोपबारे एनआरएन अमेरिकाका वरीश्ठ उपाध्यक्ष सुनील शाहको बक्तब्य :

कपोकल्पित आरोपप्रति ध्यानाकर्षण

एनआरएन अमेरिकाको निर्वाचनपश्चात एनसीसी अमेरिकाको केन्द्रिय समितिको निर्णयले मलाई नेपालमा सम्पन्न हुने एनआरएन ग्लोबल कन्फेरेन्समा अमेरिकाबाट सहभागी हुने ‘डेलिगेट्स छनौट समितिको संयोजक’ को रुपमा कार्य गर्ने जिम्मेवारी दिलाएको कुरा यहाँहरुलाई अवगतै छ । मेरो बलिबुताले भ्याएसम्म प्रजातान्त्रिक तवरले छनौट हुनुभएका डेलिगेट्सहरुका साथमा हामी नेपालमा भर्खरै एनआरएन ग्लोबल कन्फरेन्स सम्पन्न गरी आ-आफ्ना कर्मभुमीतिर प्रस्थान गर्ने तरखरमा छौं ।

ग्लोबल कन्फेरेन्सले निर्वाचित गराउने नयाँ कार्यसमिती र अमेरिकाज क्षेत्रमा हामीले प्रतिनिधित्व गर्ने बिभिन्न पदहरुमा साथीहरुको सहभागीता, प्रतिनिधित्व र जितका लागि अमेरिकाज क्षेत्रबाट हामी एक भएर लागेका कुरा सर्वविदितै छ । भलै, बिभिन्न प्रकृया, विचार र समुहले साथीहरुले हार-जित जुन उपलब्ध हासिल गर्नुभयो, त्यो प्रजातान्त्रिक प्रकृयाको उपज हो भन्ने हमीलाई लागेको छ ।

यसैविच, निर्वाचनको रफ्तारमा साथीहरुका उम्मेद्वारी, उहांहरुले समाउनुभएको समुह र आर्थिक चलखेल भएका बिषयहरुमा मेरो नाम जोडीएर आएका अपुश्ट समाचारप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । अमेरिकाज क्षेत्रले प्रतिनिधित्व गर्ने बिषयमा साथीहरुको सहयोगका लागि मात्र म लागें, सिंगो एनआरएन अमेरिका समिती लाग्यो । बिचारका नाममा कसैप्रति असहमती हुन सक्छन, जसलाई साथीहरुले असहयोग सम्झनु राम्रो होइन ।

बिशेषगरी आर्थिक चलखेलका रुपमा आएको कपोकल्पित खबर, त्यसमा मेरो संलग्नता भएको भन्ने दुश्प्रचार सम्बन्धी म स्पस्ट छु । आफ्नै मेहनत, संघर्ष र लगावले मैले कम से कम यो प्रवासमा परिवारलाई आफुसंगै राखेर खुशीसाथ दुई छाक खाने हैसियत बनाएको छु । अनर्थ नलागोस, सामाजिक कार्यहरुमा अमेरिकाका बिभिन्न राज्यहरुमा सकृय सामुदायिक संघ-संस्था र समस्यामा परेका सामुदायिक सदस्यहरुलाई आफु सक्दो सहयोग गरेको छु ।

अत: स्पस्ट भिजन, काम गर्न सक्ने तागत र विश्वाश लिएर एनआरएन, अमेरिकामा आएको म कदापी यहाँहरुले म प्रति गर्नुभएको विश्वाशप्रति कुठाराघात हुन दिनेछैन । अमेरिकाज क्षेत्रबाट उम्मेद्वार बन्नुभएका केही जिम्मेवार साथीहरुले आर्थिक रुपमा मेरो नाम समाबेश गरेर लगाउनुभएको आरोप प्रमाणित गर्न म चुनौती दिन्छु ।

सामाजिक काममा गराईमा गल्ती भए होलान-हुन्छन । तर आर्थिक कुरामा मैले कसैको दुनो सोझ्याउने र आँफै तिर अवसरको दुनो तान्ने पापी काम गरेको छैन । आर्थिक रुपमा संस्थाको नाम जोडेर समाजसेवा गर्छु भनेर म एनआरएन, अमेरिकामा कृयाशिल भएको होईन । जीवनको शुरुवाती अवस्थादेखी संघर्श र सिपले मैले आर्जेको ईज्जत कसैले धुलोमा मिलाउने प्रमाण दिन सक्छ भने म सामाजिक जीवनमा कहीं कतै बस्नेछैन, यो मेरो दावा हो ।

म सम्पूर्ण महानुभावहरुलाई ‘आफुले निर्वाचानाकुल परिस्थिती प्राप्त नगरेपछी र भोलीका पदका आशामा कसैको सहारा र आश्वाशनमा लागेर’ गैर जिम्मेवार बनेर संस्था र ब्यक्तिमाथी लगाईएका यस्ता आरोपका पछी नलाग्नुहुन स-बिनय अनुरोध गर्दछु ।
धन्यवाद !
जय एनआरएन !

भवदिय,
सुनील शाह
वरीश्ठ उपाध्यक्ष
एनआरएन एनसिसी, अमेरिका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *