1

ईमान्दार पार्टी भनेको कांग्रेस हो – बाबुराम भट्टराई

4459 पटक पढिएको

गोरखा । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमाले–माओवादीले सत्ताका लागि गठबन्धन गरेको बुझेपछि आफू गठबन्धनबाट बाहिरिएको बताएका छन् ।
आगामी १० मंसिरमा हुने संघीय प्रतिनिधिसभाका लागि गोरखा–२ बाट उम्मेदवारी दिएका भट्टराईले सोमबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले एमाले र माओवादीले गठबन्धनलाई दाउपेचका रुपमा लिएकाले गठबन्धनमा हटाउन नसकेको दाबी गरे ।

‘एमाले र माओवादी केन्द्रले सत्तामा पुग्ने दाउपेचका रुपमा मात्र गठबन्धन गरेको थाहा पाएपछि हामी त्यहाँबाट बाहिरियौं’, भट्टराईले भने । सञ्चारकर्मीको एक जिज्ञाशाको जवाफमा उनले नयाँ शक्ति बाम लोकतान्त्रिक पार्टी भएकाले बामपन्थी वा लोकतान्त्रिकमध्ये जो कोहीसँग पनि तालमेल वा सहकार्य गरेर अघि बढ्न सक्ने तर्क गरे ।

भट्टराईले काँग्रेसभन्दा एमाले र माओवादीले बेइमानको राजनीति गरिरहेको आरोप लगाए । उनले काँग्रेसँगको गठबन्धनलाई उदाहरणीयको संज्ञा दिए । गोरखाबाट सुरु भएको नयाँ शक्ति र काँग्रेसबीचको गठबन्धन नयाँ प्रयोग भएको टिप्पणी गरे । उनले गोरखालाई मुलुककै नमुना जिल्ला बनाउने सोच र योजना आफूसँग रहेकाले निर्वाचनमा मत दिएर जिताउन मतदातालाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी शुरु भएपछि पहिलो पटक.. ...

काठमाडौँ - नियमित वर्षाका कारण देशभर   विभिन्न  स्थानका सडक अवरुद्ध भएका छन् । अवरुद्ध.. ...

अमेरिका -  गत जेष्ठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती घटनामा ज्यान गुमाएका ६ जना.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...