1

विद्यालयका बस चालकले अनिवार्य पोशाक लगाउनुपर्ने

511 पटक पढिएको

काठमाडौँ, ८ कात्तिक । काठमाडौँ उपत्यकामा विद्यालयका बस चलाउने सवारी चालकले आगामी मंसिर १ गतेदेखि अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, प्याब्सन, एनप्याब्सन, हिसान, अभिभावक संघलगायत विभिन्न संघसंस्थाको आज महाशाखामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

महाशाखाका प्रहरी नायब उपरीक्षक बिपीन गौतमले विद्यालयका बस चलाउने चालक र सहचालक दुवै अनिवार्य रुपमा गाढा नीलो पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिए । उहाँले विद्यालयका सवारी साधनलाई चिन्न सहज हुनका लागि पहेँलो रङ बनाउनुपर्ने निर्णयसमेत भइसकेको बताउनुभयो । प्रहरी नायब उपरीक्षक गौतमले विद्यालयका बसले पहेँलो रङ लगाएर नचलाएमा कडा कारबाही गरिने स्पष्ट पारे ।

यस्तै बैठकले उपत्यकाभित्रका सबै स्कूलमा ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई व्यापक रुपमा लैजाने निर्णयसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया

काठमाडाैं-   केही वर्ष अघि देखि नेपालमा मनाउन थालिएको  राष्ट्रिय योग दिवसको दिन आज.. ...

काठमाडौँ - नेपाल भारत संयुक्त आयोगको छैठौँ बैठक बिहीबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा.. ...

काठमाडौ -   प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट हेर्दाहेर्दैमा राखिएको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...