1

टनकपुर नाकाबाट थप विद्युत् ल्याउने सम्झौतामा हस्ताक्षर

625 पटक पढिएको

काठमाडौँ, ९ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि टनकपुर नाकाबाट थप पाँच मेगावाट विद्युत् आयात गर्ने भएको छ । गत वर्ष सोही नाकाबाट ३५ मेगावाट प्राधिकरणले विद्युत् आयात गर्दै आएको थियो । यो हिउँदमा थप पाँच मेगावाट गरी कूल ४० मेगावाट विद्युत् सो नाकाबाट आयात गर्न लागिएको हो ।

विद्युत् आयातसम्बन्धी द्विपक्षीय सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको पावर टे«ड कर्पोरेशन (पिटिसि) इन्डियाका तर्फबाट डा राजीवकुमार मिश्राले हस्ताक्षर गरे । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार सम्झौता यही कात्तिक १५ बाट लागू भई आगामी जेठमा सकिनेछ । यो पुरानै सम्झौताको नवीकरण भएको उनको भनाइ छ ।

सम्झौताअनुसार प्राधिकरणले पिटिसीसँग प्रतियुनिट भारु ३।४४ मा विद्युत् खरिद गर्नेछ ।  टनकपुर नाकाबाट ४० मेगावाटसम्म विद्युत् आयात हुँदा सुक्खा याममा सुदूरपश्चिमको माग व्यवस्थापन गर्न सहज हुने प्राधिकरणको भनाइ छ । यस्तै टनकपुरमा नै १०० एपभीएको ट्रान्सफर्मर राखेर थप ४० मेगावाट विद्युत् आयात गर्ने सम्बन्धमा छलफल गर्न प्राधिकरणको उच्च नेतृत्व शुक्रबार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने भएको छ ।

सो टोलीमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, प्रवक्ता अधिकारी र उपकार्यकारी निर्देशक लेखनाथ कोइराला हुन ।

तपाईको प्रतिक्रिया

काठमाडौं । गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन  सुरु भएको छ । भर्चुअल माध्यमबाट चल्ने.. ...

काठमाडौं । अष्ट्रेलियामा सरकारले समाचारका लागि पैसा तिर्न बाध्य पारेमा ‘सर्च इन्जिन’ नै.. ...

समाचार स्रोत : खसोखास, अमेरिका - दुई दशकबढी अमेरिका बसेर नेपालमै भारत्तोलनमा सकृय हुन र नयाँ.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...