1

पाकिस्तानसंग श्रीलंका पराजित

492 पटक पढिएको

दुवइमा भएको पहिलो ट्वेण्टी ट्वेण्टी क्रिकेटमा पाकिस्तानसँग श्रीलंका पराजित भएको छ । बिहीबार राति भएको खेलमा पाकिस्तानसंग श्रीलंका ७ विकेटले पराजित भएको हो । श्रीलंकाले दिएको १ सय ३ रनको लक्ष्य पाकिस्तानले १६ बल बाँकी रहँदै ३ विकेट जाँदा भेट्टाउन सफल भयो ।

टस हारेर ब्याटिङमा आएको श्रीलंकाले १८ ओभर ३ बलमा १ सय २ रन बनाउँदा सबै विकेट गुमायो । श्रीलंकाका ७ जना खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । धनुष्का गुनथिलकाले ११ बलमा १८ रन, सदिरा सामाराविक्रमाले २३ बलमा २३ रन, सेक्कुग्गे प्रसन्नाले २३ बलमा अविजित २३ रन बनाए ।

पाकिस्तानका हसन अलीले तीन विकेट लिए । यस्तै उस्मान खान र मोहम्मद हाफिजले दुई दुई साथै इमाद वासिम, फहिम असरफ र सादब खानले एक एक विकेट लिए ।

पाकिस्तानलाई जिताउन सोहेब मलिकले ३१ बलमा अविजित ४२ रन र मोहम्मद हाफिजले २३ बलमा अविजित रहँदै २५ रन बनाए । यस्तै अहमद सेहजादले ३२ बलमा २२ रन बनाए । श्रीलंकाका बिकुम सञ्जयले दुई साथै सचिथ पाथिरानाले एक विकेट लिए ।

श्रीलंकासँगको पाँच एकदिवसीय क्रिकेट ह्वाइटवास गरेको पाकिस्तानले ट्वेण्टी ट्वेण्टीमा पनि विजयी शुरुवात गरेको हो ।

तपाईको प्रतिक्रिया

काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर.. ...

काठमाडौँ  -  लकडाउनको   अबधिमा पनि  कर तिर्न   ताकेता  गरेको  सरकारले   ब्यापक बिरोध  पछि  आफ्नो .. ...

काठमाडौँ- सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...