२०८१ वैशाख १२ गते | 24th of April 2024

विद्युत् खरिद सम्झौता नवीकरण

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १० गते १६:१६

काठमाडौँ, १० कात्तिक । नेपाल विद्युत् प्राधिकरणले भारतको विद्युत् व्यापार निगम (एनभिभिएन) सँग विद्युत् खरिद सम्झौता नवीकरण गरेको छ ।

आज भारतको राजधानी नयाँ दिल्ली पुगेको प्राधिकरणको उच्च नेतृत्व र निगमका अधिकारीबीच उक्त सम्झौता नवीकरण भएको हो । पछिल्लो पटक नवीकरण गरिएको उक्त सम्झौता आगामी पुस १६ गतेसम्म कायम रहनेछ । त्यसपछि पुनः अर्को सम्झौता गर्ने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले नयाँ दिल्लीबाट राससलाई जानकारी दिए ।

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट सो सम्झौताअनुसार १६० मेगावाट विद्युत् आयात गरिनेछ । उक्त विद्युत् प्रतियुनिट रु ५।७७ मा आयात हुनेछ ।

नवीकरण सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले हस्ताक्षर गर्नुभएको प्रवक्ता अधिकारीले जानकारी दिए । एनभिभिएन नेपालमा विद्युत् उपलब्ध गराउने भारतको ‘नोडल एजेन्सी’ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *