२०८१ वैशाख ६ गते | 18th of April 2024

पर्यटकीय सवारीसाधनलाई व्यवस्थित बनाउन बसपार्क

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ११ गते ११:२५

काठमाडौँ, ११ कात्तिक । पर्यटकीय सवारी साधनलाई व्यवस्थित बनाउनका लागि पर्यटकीय बसपार्क आवश्यक रहेको व्यवसायीले बताएका छन् ।

टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)को ‘सातौँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम’का वक्ताले देशको विकासको मुख्य आधार पर्यटन क्षेत्र भएकाले यसको विकासका लागि बसपार्क आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा पोखरा पर्यटन विकास परिषद्का अध्यक्ष केदारनाथ शर्माले राज्यले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको गुनासो गरे । “यात्रुलाई सुरक्षित गन्तव्यसम्म पु¥याउने पर्यटकीय बसलाई राज्यले बेवास्ता गरेको छ,” उनले भने ।

नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा०का पश्चिमाञ्चल अध्यक्ष दिलप्रसाद गौतमले पूर्वाधारको अभावका कारण पर्यटकीय बससञ्चालन गर्न समस्या परेको बताए । “पर्यटकीय बसलाई सहज रुपले सञ्चालन गर्नका लागि पर्यटन ऐनमा संशोधन गर्नुपर्ने आवश्यक छ,”– उनले भने ।

टुरिष्ट बस एशोसिएसन अफ नेपाल ९टिवान०का अध्यक्ष श्रीकान्त आचार्यले पछिल्लो समय युवा व्यवसायी पर्यटकीय बसतर्फ आकर्षित हुँदै गएकाले यूवा व्यवसायीको लगानीको सुरक्षाका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।

विसं २०६७ मा स्थापना भएको टिवानमा हाल ३४ वटा कम्पनीले सदस्यता लिनुका साथै काठमाडौँदेखि पोखरा र काठमाडौँदेखि सौराहसम्म बस सञ्चालन भइरहेको टिवानका उपाध्यक्ष ईश्वर शर्माले जानकारी दिए । हाल काठमाडौँको जमलदेखि बिहान ७ बजे पोखरा र चितवनका लागि बस छुट्दै आएका छन् । साधारण सभाले आजै नयाँ कार्यसमिति समेत चयन गर्ने कार्यक्रम रहेको संस्थाका महासचिव दीपक भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *