२०८१ वैशाख ७ गते | 19th of April 2024

आस्वाबाट पनि हकप्रद शेयर भर्न पाइने

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १२ गते १७:०२

काठमाडौं, १२ कात्तिक । धितोपत्र बोर्डले आस्वाबाट पनि हकप्रद भर्न पाउने र उपत्यका बाहिरबाट पनि लिलामीमा भाग लिन पाउने व्यवस्था गर्न सरोकारवाला निकायलाई निर्देशन दिएपछि अबदेखि हकप्रद शेयरमा पनि आस्वाबाट आवेदन गर्न पाइने भएको छ ।
लगानीकर्ताले हकप्रदमा आस्वा सेवा लागू गर्न र उपत्यका बाहिरकाले पनि लिलामीमा भाग लिन पाउने व्यवस्था गर्न बोर्डलाई दवाव दिँदै आएका थिए । यस्तै हकप्रदमा नबिकेको शेयर लिलामीमा काठमाडौं उपत्यकाबाहिरबाट पनि सहभागी हुन पाइने छ ।
यसअघि साधारण शेयर र थप निश्काशन अर्थात आइपिओ र एफपिओमा मात्र आस्वाबाट आवेदन दिन पाइने व्यवस्था थियो । बैंकमा आफ्नो खातामा रहेको रकम रोक्का गरेर त्यो बैंकबाट शेयर आवेदन दिने पाइने व्यवस्था नै आस्वा हो । आस्वा सुविधा लिन आफ्नो खाता रहेको बैंकमा सम्पर्क राखेर थप जानकारी लिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *