२०८१ वैशाख ७ गते | 19th of April 2024

मुद्दा जितेको खुसियालीमा मेस्सीले दिए सामाजिक संस्थालाई ८३ हजार डलर

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १७ गते ३:४४

काठमाडौं १७ कात्तिक । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले मुद्दा जितेका छन । मेस्सीमाथि मानहानी भएको मुद्दा जितेका हुन । उनले मुद्दा जितेर पाएको झण्डै ८३ हजार अमेरिकी डलर ‘डक्टर्स विथआउट बोडर्स’ नाकको सामाजिक संस्थालाई सहयोग गरेका छन् ।
सन् २०१४ को विश्वकपमा स्पेनिस पत्रिका ला राजोनले मेस्सीमाथि प्रतिबन्धित शक्तिबर्धक औषधि प्रयोग गरेको आरोप लगाएको थियो । फाइनलमा १–० ले जर्मनीसँग हारेको खेलमा मेस्सी प्रतियोगिताकै उत्कृष्ट खेलाडीसमेत भएका थिए ।
ला राजोनमा उनीविरुद्धका सामग्री प्रकाशित भएपछि उनले कानूनी कारबाहीका लागि मानहानीको मुद्दा दर्ता गराएका थिए ।
अदालतले मेस्सीमाथि अनावश्यक आरोप लगाएको भन्दै पत्रिका ला राजोन त्यसका प्रमुख फ्रान्सिस्को मारुएन्दा र लेखक एल्फन्सो युसियालाई दोषी मानेको छ । पत्रिकाले त्यो एक विचार प्रदान लेख मात्रै भएको बताए पनि अदालतले मेस्सीमाथि अनावश्यक आरोप लागेको, उनको सामाजिक प्रतिष्ठामा आँच आएको जनाएको छ । एजेनसीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *