1

कृषि क्याम्पसका लागि तीन करोड

1457 पटक पढिएको

झापा, १७ कात्तिक । झापाको गौरादह नगरपालिकामा यसै वर्षदेखि कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ ।  त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा गौरादह बहुमुखी क्याम्पस रहेको संरचनामा नै कृषि क्याम्पस सञ्चालनमा आउने भएको हो ।

कृषि क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयका कृषि शाखाका डिन केशव अधिकारी लगायतको उच्चस्तरीय टोलीले गौरादह बहुमुखी क्याम्पस र यसको संरचना अवलोकन गरेको गौरादह नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए ।

विश्वविद्यालयको टोलीले यसै वर्षदेखि कृषि क्याम्पस सञ्चालन गर्ने गरी पहिलो वर्ष ५० जना विद्यार्थी भर्ना लिने तयारीसहित आवश्यक प्रक्रिया अघि बढाएको छ । गौरादहमा कृषि क्याम्पस सञ्चालनका लागि सरकारले रु तीन करोड बजेट विनियोजन गरेको र रु एक करोड विश्वविद्यालयको कृषि शाखा मातहतमा आएको वडाध्यक्ष भण्डारीले बताए ।

कृषि क्याम्पस सञ्चालन हुने भएपछि स्थानीय किसान र विद्यार्थी उत्साहित भएका छन् । यहाँ कृषिका लागि प्रचुर सम्भावना भएपनि औपचारिक अध्ययन गर्ने शैक्षिक संस्था नहुँदा दक्ष जनशक्ति उत्पादन हुन सकेको छैन । कृषि क्याम्पस सञ्चालनमा आएपछि गौरादह कृषि क्षेत्रको अध्ययन र अनुसन्धानका लागि उपयुक्त स्थान बन्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया

काठमाडौं । गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन  सुरु भएको छ । भर्चुअल माध्यमबाट चल्ने.. ...

काठमाडौं । अष्ट्रेलियामा सरकारले समाचारका लागि पैसा तिर्न बाध्य पारेमा ‘सर्च इन्जिन’ नै.. ...

समाचार स्रोत : खसोखास, अमेरिका - दुई दशकबढी अमेरिका बसेर नेपालमै भारत्तोलनमा सकृय हुन र नयाँ.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...