२०८१ वैशाख १३ गते | 25th of April 2024

टेनेसीको पासा पल्टियो, धेरै पासा खेल्नेहरुका ओंठ सुके

खुल्लामन्च
 प्रकाशित: २०७३ चैत २२ गते २०:३५

लस एन्जलस/अमेरीका
गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको वर्तमान कार्यसमितीले बहुचर्चित ‘टेनेसी अदालतको मुद्दा’ जितेको छ ।

बर्तमान कार्यसमितीको निर्वाचन सम्पन्नतापश्चात पराजित पक्षले बिभिन्न आरोप लगाएर डा. केशब पौडेलको कार्यसमिती बिरुद्ध अमेरीकाको टेनिसी अदालतमा दायर गरेको मुद्धामा अदालतले मंगलवार एनआरएनको बर्तमान कार्यसमितीको पक्षमा फैसला गरेको छ । दुई वर्ष अघिको चुनावमा बर्तमान कार्यसमितीका अध्यक्ष डा. केशव पौडेलका प्रतिद्धन्द्दी नगेन्द्र पौडेल र बिशेषत: निर्वाचनमा पराजित पक्षका नगेन्द्र पौडेलका सहयोगीहरुले बिभिन्न आरोप लगाउंदै टेनिसी अदालतमा मुद्धा दर्ता गरेका थिए ।

फर्जी सदस्य बनाएर भोट हालेको, एकै आइपीबाट एक भन्दा बढी भोट हालिएको लगायतका आरोप लगाउंदै दाएर गरिएको मुद्धामा अदालतले मंगलबार फैसला सुनाएको छ ।

कानुनको राज भएको मुलुक अमेरिकामा सम्मानित अदालतको सकरात्मक फैसलाले न्यायको पक्षमा उभिने आफ्नो अडानले उत्साहीत बनाएको एनआरएन अमेरीकाका अध्यक्ष डा. केशव पौडेलले बताउनुभयो । ‘आफ्नो हारपछी प्रजातान्त्रिक निर्वाचनमा पराजय स्विकार गर्न नसकेर पवित्र संस्था बिरुद्ध अनाहकको लान्छाना लगाई अनावश्यक रुपमा मुद्धा मामिला गरेर एनआरएनको बदनाम गर्नेहरुका लागी अदालतले गतिलो फैसला सुनाएको छ,’ अध्यक्ष डा. पौडेलले भन्नुभयो ।

अदालतको फैसला पछि एनआरएनका सबै पदाधिकारीहरु खुशी भएका छन्, सामाजिक संजालहरुमा उनीहरुका अभिब्यक्तीले भरिएको छ । अनावश्यक मुद्धा मामिला गर्नेहरुलाई अदालतको फैसलाले गतिलो झापड हानेको छ एनआरएन अमेरीकाका एक पदाधिकारीले भने – अव पनि प्रवासी समाजमा भांड भैलो सृजना गर्नाका लागि मुद्धा मामिला गर्नेलाई समाजबाट बहिस्कार गर्नुपर्दछ’।

अदालतको फैसला एनआरएनका पक्षमा आएपछि अव एनआरएन अमेरीका पुर्ण रुपमा आगामी कार्यसमितीका लागी निर्वाचनमा होमिने भएको छ ।

स्रोत : हिमालपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *