1

रोल्पाका सबै स्थानीय सरकारको शिक्षामा पहिलो प्राथमिकता

526 पटक पढिएको

रोल्पा, १९ कात्तिक । स्थानीय तहको निर्वाचनसँगै गठन भएका रोल्पाका दशवटै स्थानीय सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता दिई काम अगाडि वढाएका छन् ।

प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शैक्षिक सरोकारवालाको भेलागरी शैक्षिक अवस्था पहिचानसमेत गरेका उनीहरूले शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने योजनाको खाकासहित काम अगाडि वढाएको वताएका छन् ।

जिल्लामा शैक्षिक अवस्था निकै कमजोर रहेका कारण विकासको मेरुदण्डको रूपमा शिक्षालाई स्वीकार गरी प्राथमिकताका साथ काम थालनी गरेका छौँ रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले भने । सबै विद्यालयको अवस्था सुधार नभएसम्म शैक्षिक उपलव्धि हासिल नहुने तर्क गर्दै भौतिक पुर्वाधारलाई निरन्तरता दिँदै शैक्षिक विकासलाई प्राथमिकतामा राखी काम थालनी गरेको उनले वताए ।

शिक्षकहरूलाई समयमै उपस्थित हुने, विद्यालय सफाई, विद्यार्थीको पठनपाठनलगायतका विषय समेटेर गाउँपालिकाबाट सबै विद्यालयलाई १३ बुँदे परिपत्रसमेत गरेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले बताए । विद्यालयको शैक्षिक विकासलाई महत्वपूर्ण स्थान दिएर रणनीतिक योजना तर्जुमा गर्नेगरी बजेट पनि विनियोजन गरेका छौँ ओलीले भने ।

मगर खाम भाषाबाट पठनपाठन गर्नेगरी पाठ्यक्रम परिमार्जन गर्नका लागि परामर्श थालिएको थवाङ गाउँपालिकाका प्रमुख वीरबहादुर घर्तीले बताए । सबै विद्यालयको स्थानीय सरकारले अनुगमन गरी वास्तविकता पहिचान गरी शैक्षिक सुधारको पाँचवर्षे योजना तर्जुमा गर्ने तयारी भइरहेको छ यसैवर्षको अन्त्यसम्म थवाङ गाउँपालिकाको शैक्षिक रणनीतिक योजना बनाउँ छौँ घर्तीले भने । रासस

स्थानीय सरकारको शैक्षिक आवधिक योजना बनाउन सेभ द चिल्ड्रेनले जिल्लाका स्थानीय गैर सरकारी संस्थाको सहजीकरणमा सहयोग गरिरहेको सेभ द चिल्ड्रेनका दिलकमल क्षेत्रीले बताउनुभयो । शैक्षिक अवस्था सुधारमा स्थानीय सरकारको सक्रियता प्रशंसनीय भएको क्षेत्रीले प्रतिक्रिया दिनुभयो ।

जिल्लामा शैक्षिक अवस्था सुधारका लागि धेरै काम गर्न बाँकी रहेकाले स्थानीय सरकारले शिक्षालाई प्राथमिकतामा राखी काम गर्नु सकारात्मक भएको जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेले वताउनुभयो ।

तपाईको प्रतिक्रिया

भारत - कोभिड-१९ का कारण ठप्प अर्थव्यवस्थालाई चलायमान बनाउन भारत सरकारले आर्थिक गतिविधि खुकुलो.. ...

काठमाडौँ  - नेपाल प्रेस युनियनको २९ औँ वार्षिकोत्सव आज जुम प्रविधिमार्फत सम्पन्न भएको छ। सो.. ...

काठमाडौं- अर्थशास्त्री डा.विश्व पौडेलले सरकारले चालु खर्चको औचित्य पुष्टी गर्न ठूलो आकारको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...