२०८१ वैशाख १३ गते | 25th of April 2024

एनआरएन अमेरिकाको नामसंग बजारमा चलेको आर्थिक चलखेलको आरोपमा एक रत्ती सत्यता छैन : सुनिल शाह

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २१ गते २:००

एनआरएन अमेरिकाका वरिश्ठ उप-सभापती सुनील शाह । भद्र, शालिन र मिजासिला । बहुचर्चित एनआरएन अमेरिकाको निर्वाचनमा पुर्वानुमानमै जितिने आशा गरिएका उम्मेद्वार । शानदार ढंगले जिते चुनाव, एनआरएन अमेरिकाको । दु:ख र लगावले अमेरिकामा स्थापित ईन्जिनियर वा भनौं आई टी ब्यवसायी ।
प्रयाश: विवादमा तानिईरहने, स्वतन्त्र भनिएको संस्था, सबैभन्दा ठुलो एनसीसी एनआरएन अमेरिकाको निर्वाचन, ग्लोबल कन्फेरेन्स, बिशेष गरी नेपालमा सम्पन्न केन्द्रिय अधिबेशनको निर्वाचन, सफलता-असफलता र बहु-प्रचारित आर्थिक हिनामिनाको बारेमा खुल्लामन्च डट कमका प्रधान सम्पादक गोकुल ढकालले शाहसंग गर्नुभएको कुराकानीको सार-संक्षेप :

ढकाल : निर्वाचन जित्नुभयो, खुशी हुनुहुन्छ । एनआरएनमा तपाईंले गर्छु भनेका प्रतिवद्धता पुरा होला नि त, अब !
शाह : खुशी छु । प्रतिस्पर्धामा भाग लिएर जिते पछी खुशी नहुने त को हुन्छन र ? तर पनि मैले जितलाई अवसर, सेवा र जिम्मेवारीको रुपमा लिएको छु । एनआरएनमा मेरो लामो संलग्नता संगसंगै अहिले पाएको यो अवसरलाई आफुले अघि सारेका प्रतिवद्धताहरुको असली कार्यन्वयन गर्ने गरी म लागिपरेको छु । आफ्ना प्रतिवद्धताका साथमा एनआरएन अमेरिकाको सिंगो कार्यसमिती र सभापतीज्यूका एजेन्डाहरुलाई साथमा लिएर प्रवासमा एनआरएन मार्फत मेरो बलिबुताले भ्याएसम्मको काम गर्नेछु, जुन जनमानस सामु भोलीका दिनमा देखिने कुरा हो ।

ढकाल : एउटा अवसर त पाईसक्नुभयो । एनआरएन अमेरिकाले ग्लोबल कन्फेरेन्समा डेलिगेट्स चयन गर्ने समितिको संयोजक बनायो, तपाईंलाई । प्रतिनिधि छान्ने त्यो जिम्मेवारी सही रुपमा गरेंजस्तो लाग्छ ?
शाह : त्यो अवसर प्रदान गराईदिएकोमा नव-निर्वाचित समितिलाई धन्यवाद दिन चाहन्छु । सहज त्यती नभए पनि ठुलो जिम्मेवारी स्विकारेर आफ्नो दिमागले भ्याएसम्मको काम गरें जस्तो लाग्छ । त्यही हो, काम गर्दा केही कमजोरी त भईहाल्छन ।

ढकाल : एनआरएन ग्लोबल सम्मेलनका लागि अमेरिकाबाट छनौट भएका सबै प्रतिनिधी नेपाल गएनन । संख्या पुर्याउन नेपालमै रहेका अन्य अमेरिकिवासी नेपालीहरुलाई तपाईंको समितिले समावेश गरेन । पुर्वाग्रहको आशयले त्यसो गरिएको हो ?
शाह : प्रतिनिधि छनौट समितिको संयोजक भएपछि द्केहींदा सामान्य लागे पनि काम ठुलो थियो जस्तो लाग्छ मलाई । किनकी ‘सबैको चित्त बुझाउनुपर्ने’ अवस्था थियो । मतलब समावेशी होस्, भन्ने । फेरी पुरानो समितिको छनौट प्रकृया फरक थियो । समय कम थियो, तर यसपाली हामीले ईच्छुक प्रतिनिधिहरुका लागि भनेर खुल्ला रुपमा आवेदन माग्यौं । प्रतिनिधी हुन ईच्छुकहरुले आवेदन भर्नुभयो । एनआरएन आईसिसीले तोकेको ३० प्रतिशत, पुर्व कार्यसमिति र एनआरएन अभियान्ताहरुका नामबाट ३० प्रतिशत र वर्तमान कार्यसमिती र कृयाशिल साधारण सदस्यहरुबाट बांकी प्रतिशतले ग्लोबल सम्मेलनमा भाग लिनका सुची तयार पार्ने मापदन्ड बनाएको थियो, मेरो समितिले ।
एनआरएन अमेरिकाको केन्द्रिय समितिबाट अनुमोदन गराएर सबै क्षेत्र र सकृय एनआरएनकर्मीहरुलाई केन्द्रिय सम्मेलनमा प्रतिनिधिका रुपमा सहभागी गराउने भनेर थालिएको कार्य शतप्रतिशत रुपमा सफल भएको म मान्दछु ।
जहांसम्म नेपालमा रहेका एनआरएनकर्मीहरुको कुरा छ, आईसिसिको प्रश्ट मार्गनिर्देशनको अभाव, कम समय र आवेदनसंगै तिर्नुपर्ने दस्तुर नतिरिएकाली केही समस्या देखिए । फेरी पुराना केही पदाधिकारीहरुले आवेदनसंगै दस्तुर वापतको रकम तिर्न नमानेका कारण समस्याहरु सुक्ष्म रुपमा देखिएका हुन । मैले अघि नै भनें नि, सबैको चित्त बुझाउने काममा लाग्दा खोंट र आरोपहरु आईलाग्दछन, जुन सामान्य हो ।

ढकाल : एनआरएन अमेरिकाले एकताको पहल कहिल्यै गरेन । कुनै निश्चित गुटको पछि लाग्यो, जसका कारण यसपटक पनि आईसिसीमा एनआरएन अमेरिकाको गर्विलो उपस्थिती र ईज्जत सदैव लज्जास्पद रह्यो । आफ्नै क्षेत्रका समान विचारधारीहरुले पनि घाट र पराजय भोग्नुपर्‍यो, होइन र ?
शाह : राम्रो प्रश्न गर्नुभयो । सहमती र समझदारीको प्रयास गरेन भन्नुमा सत्यता छैन, ढकालजी । सबैले उम्मेद्वारी दिन पाउने प्रजातान्त्रिक अधिकार त छदैंछ । भन्नै पर्छ, उम्मेद्वारहरुका आफ्ना ब्यक्तिगत मनोकांक्षा लगायतका कतिपय कुराहरुले हामीले थालेका प्रयासहरु सफल हुन सकेनन । भन्नुस् न, केन्द्रिय उपाध्यक्ष पदमै तीनतीन जनाको उम्मेद्वारी थियो । उहांहरुको सम्बन्धन, विचार, अधिकार र योग्यता माथी हामीहरुले प्रश्न गर्ने ठाउँं नै रहंदैन । त्यो उहांहरुको निजी कुराहरु भए । केन्द्रिय उपाध्यक्ष पद बाहेक अमेरिकाका पदहरुमा निर्वाचनमा सर्वस्विकार्य मत लिएर कोही त अबश्य विजयी हुनुथियो, त्यही भयो ।
त्यसैले उपाध्यक्ष पदमा परेको तीन उम्मेद्वारी बाहेक अन्य पदमा हामीले आशा गर्ने बाटो नै कहाँ थियो र । तर एनआरएन अमेरिकाले एकताको प्रयाशै गरेन भन्ने कुरामा मेरो असहमती छ ।

ढकाल : एउटा स्वतन्त्र संस्थाको नाममा शुरु भएको एनआरएनमा राजनैतिक दाउपेचले निरन्तर लफडा र होड्बाजीले प्रश्रय पाएको कुरा त स्विकार्नुहुन्छ नि ?
शाह : खुलस्त भन्नुपर्छ, प्रवासमा खुलेका प्रयाश संस्थाहरु कुनै न कुनै रुपमा आवद्ध छन, अर्को अर्थ नलागेमा । त्यही संस्थाहरुमा लाग्ने सदस्यहरु पनि राजनैतिक रुपमा आबद्ध हुनुहुन्छ । फेरी जो राजनैतीक रुपमा स्वदेशमै सकृय हुनुहुन्थ्यो, उहांहरु नै हो, प्रवासमा आएर सामुदायिक सेवामा अगाडी बढ्ने । मेरो मतलब, राजनैतीक चेतना भएका सामुदायिक सदस्यहरुले सेवकआ लागि गर्ने ‘डिलिङ्ग’ बढी प्रभावकारी हुन्छ । तर सबै सदस्यहरुमा यो लागु नहोला ।
जहांसम्म राजनैतीक रुपमा एनआरएन जोडीएको भने कुरा छ, केही तवरले यो सत्य हो । समुदायमा सकृय सेवकहरुको चाह बिभिन्न संस्थाहरुमा आबद्ध हुँदैं अगाडी बढ्ने हुन्छ । सकृयताको निरन्तरताका लागि प्रवासमा सकृय सामाजिक संस्थाहरुमा बिभिन्न विचार भएका साथीहरुको संलग्नता हुनु नौलो कुरा होईन । खाली सेवा राजनैतीक हुनु भएन, प्रतिशोधमुलक हुन भएन । मलाई लाग्छ, मेरो आशय यहाँंले बुझ्नुभयो ।

ढकाल : तपाईंसंग आजको यो कुराकानी चाँही मुख्यत: एनआरएन अमेरिकाको नाममा नेपालमा भर्खरै सम्पन्न ग्लोबल सम्मेलनमा भाग लिन लाने सदस्यहरुसंग तपाईंंले ‘पैसा माग्नुभएको’ कुराको सर्वत्र चर्चा छ । अमेरिकामा निश्ठा र ईमानको पत्रकारिता गर्नुहुने र त्यसै सम्मेलनमा सहभागी हुनुभएका स्वतन्त्र पत्रकारहरुले पनि ‘तपाई मार्फत आर्थिक याचना गरिएको कुरा’ को सत्यता खुलाएका छन । के आर्थिक चलखेलको त्यो आरोप सत्य होइन ?
शाह : धन्यवाद यो प्रश्नको लागि । यसमा स्पष्ट पार्नु अत्यावश्यक थियो । नेपालमा हामी भएको बखतमै यो बारे हल्ला भएको हो । कुरो आदरणीय शिवकुमार राई र मेरा नाममा जोडीएको अनावश्यक हल्लाको हो । एकप्रकारले यो आधारहीन हल्लाले आजित छु म । १७ बर्षदेखी अमेरिकामा बिभिन्न रुपमा सकृय मैले आजसम्म जिविकाका लागि कसैसंग एक पैसा पनि मैले मागेको प्रमाण पाए, म सामाजिक रुपमा त्यही दिनदेखी सन्यास लिन्छु । जुन कुरा मैले गत हप्ता मैले बक्तब्यबाट प्रश्ट पारेको छु ।
फेरी शिवकुमार राईज्यूले पनि सामाजिक संन्जाल लगायत बिभिन्न माध्यामबाट ‘आर्थिक चलखेलको आरोपमा उहां र मेरो नाम जोडीएको हल्ला निराधार भएको’ बताईसक्नुभएको छ । अध्यक्ष डा. पौडेलज्यू, राईज्यू र म बसेर आउन सक्ने हल्लाको बारेमा कुरा प्रेस मीट गरेर ‘आर्थिक पाटो क्लियर’ गर्ने बारेमा कुरा भाको हो । अध्यक्षज्यू अाईसक्नु भएको छ, यो बारेमा हामी प्रस्ट पार्नेछौं ।
शिव राईज्यू र मेरो बक्तब्य अाईसकेपछी पत्रकार साथीहरुले कुन बिषय उठाउनुभयो, मलाई थाहा भएन । तर यो कुरा फेरी जोड्न चाहन्छु कि, लगाव र मिहेनतले मेरो परिवारलाई बांच्नका दुई हात जोड्न सक्ने हैसियत छ । आर्थिक विवादमा मुछिएको भनेर म सुनिल शाहको प्रमाणीकरण कसैले गरोस, यो समाजले निर्देशित गर्ने सजाय भोग्न तयार छु ।

ढकाल : एनआरएनको सुचना, वेव लगायतका चिजहरु हेर्ने समितिको संयोजक पनि हुनुहुन्छ । सधैं विवादमा आउने संस्थाको आधिकारीक सदस्यताको कुरा त छदैंछ । तर अब के वेबसाईटबाट एउटा शुभचिन्तकले चाहेको बेलामा साधारण वा आजिवन सदस्यता लिन सक्ने ब्यबस्था हुनेछ ?
शाह : डेलिगेट्सका कुराहरुमा ब्यस्त भएर धेरै काम गर्न त सकेको छैन । तर पनि केही ड्राफ्टहरु तयार भाका छन । बोर्डको बैठकले पारित गर्ला । तर संस्थाका शुभचिन्तकहरुले चाहेको बेलामा साधारण तथा आजिवन सदस्यता लिन सकिने ब्यबस्था चाँही २४सै घण्टा – सातै दिन हुनेछ । सदस्यता खुलेको छ र वेब साईटमा सदस्यता बनेको मितिदेखी सदस्यता अबधी सकिने मिती पनि राखिने हिसाबले ब्यबस्था गरिने छ । एनआरएनको बिधी-बिधानानुसार साधारण सदस्यले पाउने परिचय-पत्रको ब्यबस्था लगायत अन्य जानकारीमुलक सुचनाहरुको वेब पेजमार्फत छिट्टै ब्यबस्था गरिने छ ।

ढकाल : अन्तमा केही शाहज्यू ?
शाह : अनावश्यक रुपमा चलाईएको आधारहिन हल्लाहरुको निराकरणका लागि पनि आफ्ना कुराहरु राख्ने अवसर दिनुभयो । धेरै कामहरु गर्न बांकी छन । बोलेर भन्दा गरेर देखाउने बेला हो, जुन मैले चुनाव अगाडी बोलेको थिएं, ती कुराहरु पुरा गर्नुछ । यो समयको लागि ढकालजी, तपाईंलाई धन्यवाद ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *