२०८१ वैशाख ७ गते | 19th of April 2024

५ कम्पनीको ३ करोड ३७ लाख बढी कित्ता शेयर सुचिकृत, हेर्नुस कुनको कति ?

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २१ गते ७:५२

काटमाडौं २१ कात्र्तिक । आज मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ५ कम्पनीको ३ करोड ३७ लाख बढी कित्ता शेयर सुचिकृत भएका छन् । आज नेप्सेमा २ बाणिज्य बैंक सहित ५ कम्पनीका गरी कुल ३ करोड ३७ लाख ४ हजार ५ सय ७३ दशमलव ७६ कित्ता सुचिकृत भएका हुन् ।

आज २ बाणिज्य बैंक, २ विकास बैंक र १ माइक्रो फाइनान्सको शेयर सुचिकृत भएको हो । जस मध्ये ४ कम्पनीले हकप्रद शेयर सुचिकृत गराएका हुन् भने एक कम्पनीले बोनस शेयर सुचिकृत गराएको हो ।

कसको कति शेयर भए सुचिकृत ?

एभरेष्ट बैंकको १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद शेयर ।

सेन्चुरी कमर्शियल बैंकको १ करोड ७० लाख २४ हजार ३ सय ८१ कित्ता हकप्रद शेयर ।

हाम्रो विकास बैंकको ८ लाख ८० हजार ७ सय ७० दशमलव ७६ कित्ता हकप्रद शेयर ।

मिसन डेभलपमेन्ट बैंकको ४ लाख २८ हजार ८ सय ३५ कित्ता बोनस शेयर ।

रिलायबल माइक्रोफाइनान्सको २ लाख ८२ हजार ५ सय कित्ता हकप्रद शेयर ।

शेयर सुचिकृत भएसंगै लगानीकर्ताले आगामी साता देखियो यी शेयर किनबेच गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *