२०८१ वैशाख २६ गते | 8th of May 2024

हतियारको विगविगी, एअर पेस्तोलसहित भारतीय नागरिक पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २२ गते १६:२८

नेपालगन्ज, २२ कात्तिक । भारतबाट नेपाल आउँदै गरेका एक व्यक्तिलाई आज एअर पेस्तोल र त्यसमा प्रयोग हुने ४५ वटा गोलीसहित प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको नेपाल–भारत सीमा नाकास्थित इलाका प्रहरी चौकी जमुनहाले जाँच गर्ने क्रममा सल्यान थारमारे नगरपालिका–७ का रमेश योगीको साथबाट सो पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच, सोही नाका भएर नेपाल प्रवेश गरेका बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका–२ का २४ वर्षीय दिलीप रोकाबाट प्रहरीले लागुऔषध ‘निटराभेट’ बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *