२०८१ वैशाख ७ गते | 19th of April 2024

‘एक्सपर्ट चान्स टु डान्स’ प्रतियोगीता सुरु, अनलाइनबाटै नृत्यको भिडियो पठाउन सकिने

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २६ गते ४:३२

टेक्सास, अमेरिका । दुनियाँ नचाउने अभियान ‘एक्सपर्ट चान्स टु डान्स’ प्रतियोगीता सुरु भएको छ । प्रतियोगीता सुरु भएसंगै प्रतिष्पर्धीहरुका नृत्य समेत आउन थालेका छन् । यसैक्रममा बिराटनगरको ‘द अल्टिमेट ग्रुप’ को पहिलो प्रतिष्पर्धी नृत्य आईपुगेको छ । प्रतिष्पर्धाका लागि छनौट गरिएको समिर आचार्यको घिनघिन बज्यो मादल बोलको गीतमा पाँच जनाको समुहले प्रतिष्पर्धि नृत्यु गरेको छ । गायक आचार्यका घिनघिन बज्यो मादल र मेरो स्टाईल यस्तै छ बोलको गीतमा कुनै एउटा गीतमा नृत्यु गर्न सकिने प्रतियोगीता आयोजक युएस खबर अनलाईनले जानकारी दिएको छ । यो प्रतियोगीता अन्तर्गत पहिलो हुने समुहले २ लाख पुरस्कार तथा अष्ट्रेलिया भ्रमणको अवसर पाउने छन् भने दोस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

गीतमा नृत्य गरेको भिडियो खिचेर पठाउनु पर्ने यो प्रतिष्पर्धामा सोही भिडियो नृत्यलाई हेरेर निर्णायक हरुले निर्णइ लिने छन् । प्रतियोगीताको निर्णायकमा नायिका प्रियंका कार्कि, नृत्य निर्देशन गम्भिर बिष्ट, गजित बिष्ट, नायक पृथ्वीराज प्रसाई र बिबेक सिंह ठकुरी छन् । प्रतियोगीताको मुख्य प्रायोजकमा एक्सपर्ट भिजा सेन्टर रहेको छ । एचडिएनपि ईन्टरनेशनल, एसपी नर्सिङ कलेज,एक्सपर्ट टेलि च्वाईस,आईएमई ज्याक्सन ईन्स्युरेन्स छन् । प्रतियोगीता नोभेम्बर १ देखि सुरु भैसकेको छ । आयोजकले प्रतियोगीतामा भाग लिन ईच्छुकहरुलाई सहभागीताका लागि अनुरोध समेत गरेको छ । गायक सत्य स्वरुप द्धारा निर्मित चलचित्र साढे सात ले पनि यो प्रतियोगीतालाई सहयोग गरेको छ ।

हेरौँ प्रतियोगीतामा समावेश पहिलो भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *