२०८१ वैशाख १४ गते | 26th of April 2024

समाजसेवी मित्र काफ्लेद्धारा काठमाण्डौंको विन्धवासीनी मन्दिरका लागी भुमिदान

खुल्लामन्च
 प्रकाशित: २०७३ चैत ३१ गते १०:२२

क्यानाडा ।
लामो समयदेखी क्यानडामा वस्दै आएका समाजसेवी मित्र काफ्लेले काठमाण्डौंको सतुगंलमा निर्माणाधिन विन्धवासिनी मन्दिर तथा पहिलो आध्यात्मिक विश्वबिद्यालय का लागी भुमिदान गरेका छन् ।

उनले मन्दिर निर्माणका लागी राखिएको संकल्प अनुसारको भुमी दान गरेका हुन । केही समय अघि क्यानडा भ्रमणमा रहेका आध्यात्मिक विश्वविद्यालयका अभियान-कर्ता ‘नेपाली बबा- जगताचार्य’ले काफ्लेसँग राखेको प्रस्तावलाई स्विकार्दै क्यानडावाटै भुमिदान संकल्प बराबरको रकम दान गरेका हुन भने नेपालमा रहेको बखत माटो पूजा गरी बिधिवत भुमिदान गर्ने काफ्लेले बताए ।

भुमिदानको लागी काफ्लेले क्यानडावाटै संकल्प गरेपछि जगनाचार्यले उक्त मद्धतले मन्दिर निर्माणको पवित्र कार्यमा अरु धेरै सहयोगएे मनहरुको सहयोग वढ्ने वताए । नेपाली बाबाले भने, –‘काफ्लेजीले गरेको सहयोग निकैनै प्रशंसनीय छ, यो सहयोगले मन्दिर निर्माण कार्यलाई अर्थपूर्ण मद्धत पुगेको छ ।’

केही समय अघि नेपाल आएको वेला बिभिन्न संघ-सस्थालाई आफुसक्दो सहयोग गरेका काफ्लेले काठमान्डौंमा निर्माण हुन थालेको विन्धवासीनी मन्दिर व्यवस्थापन समितीको आजिवन सदस्य समेत वनिसकेका छन् ।

उनले मन्दिर निर्माणमा हरेक नेपाली मनले सहयोग गरेको खण्डमा चाडैनै सम्पन्न हुने वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *