२०८१ वैशाख ८ गते | 20th of April 2024

टिपिएस नविकरणका लागि कार्यदल गठन, संयोजकमा रविकिरण कोइराला

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २७ गते १७:४१

न्यूयोर्क । अमेरिकी सरकारले पछिल्ला दिनहरूमा एकपछि अर्को गर्दै विभिन्न देशहरुको टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) खारेज गरिरहँदा नेपालीले पाएको टिपिएसबारे पनि अन्यौल सिर्जना भएको छ ।  टिपिएस नविकरणको लागि अमेरिकामा क्रियाशील संस्थाहरुको सहभागीतामा एक कार्यदल गठन गरेको छ ।

आइतवार नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को सभाकक्षमा बसेको एक संयुक्त बैठकले रिजवुड नेपाली समाजका सभापति रविकिरण कोइरालाको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा मणि वाङदेल राई ( नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना), भोजराज थोकर – नेपाली जनसम्पर्क समिति अमेरिका, कृष्णप्रसाद लामिछाने – प्रवासी नेपाली मंच, शान्त थोकर – तामाङ सोसाइटी अफ अमेरिका, आङनिमा ग्याल्जेन शेर्पा – गैर आवासीय नेपाली संघ अमेरिका, संजय थापा (गैर आवासीय नेपाली संघ अमेरिका, रामहरि अधिकारी, गैर आवासीय नेपाली संघ अमेरिका, न्युयोर्क च्याप्टर, श्री पराजुली, रिजवुड नेपाली समाज, उर्गेन शेर्पा, युनाईटेड शेर्पा एसोसियसन र डिल्ली भट्ट – कानुनविद रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *