२०८१ वैशाख ८ गते | 20th of April 2024

प्रथम उत्तर अमेरिका तामाङ सम्मेलन अमेरिकाको न्युयोर्क शहरमा सेप्टेम्बर २, ३ र ४ न्युयोर्क शहरमा

खुल्लामन्च
 प्रकाशित: २०७३ चैत ३१ गते १०:३०

डोल्मा लामा , क्यालिफोर्निया ।

तामाङ सोसाइतटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७, २०१७ मा प्रथम ऐतिहासिक उत्तर अमेरिका तमाङ सम्मेलन को तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उक्त तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरिका तामाङ संघ-संस्थाको प्रतिनिधि एंव बिभिन्न ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । भेलाले तमाङ सोसाइटी अफ अमेरिकाको बर्तमान अध्यक्ष शान्तबाबु थोकरको सन्योजकत्वमा २५ सदस्य तदर्थ समिती गठन गरी आगामी मे २१,२२ २०१७ मा सम्पन्न गरिने निर्णय गरेको थियो तर पर्याप्त समय नभएको कारण गत अप्रिल ९ आईतबार संयोजक शान्ताबाबु थोकर को अध्यक्षतामा बसेको कन्फ्रेन्स बैठक ले आगामी सेप्टेम्बर २ र ३ २०१७ मा अमेरिकाको न्युयोर्क शाहरमा सांस्कृतिक कार्यक्रम ( डम्फु साँझ ) सहितको प्रथम उत्तर अमेरिका तमाङ सम्मेलन भब्यताका साथ सम्पन्न गरिने गरी बिभिन्न उप समितीहरु गठन गरियो । सम्मेलनमा नेपाल लगायत अन्य देशका तामाङ संघ संस्थाका प्रतिनिधि एबम तमाङ ब्यक्ती ब्यक्तित्वहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिनेछ ।
३ तीन दिने उक्त्त सम्मेलनमा पहिलो दिन उद्घघाटन सत्रमा उत्तर अमेरिका तमाङ संस्थाको बिषयमा र तमाङ भाषा धर्म र संस्कृतिको बिषयमा सम्बन्धित क्षेत्रका बिज्ञहरुलाई आमन्त्रन गरी छलफल गरिने र दोस्रो दिन अधिबेशन सम्पन्न गरी उत्तर अमेरिकि तमाङ संस्थाको कार्यसमिती चयन गरिनेछ र सोही दिन बेलुकी सास्कृतिक कार्यक्रम (डम्फु साँझ ) आयोजना गरिनेछ र तेस्रो दिन ४ तारिखमा प्रतिनिधि एबम पाहुनाहरुको बिदाई कार्यक्रम गरिने कुरा तमाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष एवम उत्तर अमेरिका तामाङ सम्मेलनका संयोजक शान्तबाबु थोकर ले जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *