२०८१ वैशाख ७ गते | 19th of April 2024

सुपर लयर खगेन्द्र जि सी परराष्ट्र मन्त्रालयको एनआरएन सल्लाहकार नियुक्त

खुल्लामन्च
 प्रकाशित: २०७३ चैत ३१ गते १७:४२

नेपाल सरकार परराष्ट्र मन्त्रालयले बिश्वभर छरिएर रहेका सम्पुर्ण एनआरएन नेपालीहरुको आवाजलाई अझ धेरै प्रष्टसंग बुझ्ने उद्धेश्यका साथ पहिलो पटक एनआरएन सम्बन्धी सल्लाहकार पद सृजना गरेको छ ।
नेपाल सरकार परराष्ट्र मन्त्रालयले एनआरएन लगायतका नेपाली संस्थाहरुसंग समन्वय गरि परामर्श दिन अमेरिकामा लामो समयदेखी कानुन ब्यवसायमा संलग्न ‘सुपर लयर’ खगेन्द्र जोशीलाई अबैतानिक सल्लाहकारमा नियुक्त गरेको छ । आफुलाई सल्लाहकारमा नियिक्त गरेपछी जि सीले नेपाल सरकार, परराष्ट्र मन्त्री, परराष्ट्र सचिव लगायत सम्पुर्णमा धन्यबाद दिनुभएको छ ।
‘अमेरिकामा लामो कानुनी अनुभब र एनआरएन अभिायनका साथै बिदेशको बसाईबाट भोगेका, देखेका र जानेका सम्पुर्ण अनुभव र ज्ञानबाट नेपाल सरकारलाई सदैव सल्लाह, सुझाव र सहयोग गर्ने थप प्रतिवद्धता ब्यक्त गर्दछु । मलाई यस नियुक्तीले मातृभुमीमा योगदान गर्न थप उत्साह प्रदान भएको छ ।’ नवनियुक्त सल्लाहकार जि सीले बताउनुभएको छ । No automatic alt text available.
एनआरएन अमेरिकाका सफल पुर्व अध्यक्ष, नेपाली जनसंपर्क समितिका पुर्व संयोजक तथा बिभिन्न संघ-संस्थाहरुका सल्लाहकार तथा सदस्य रहनुभएका जि सीले भन्नुभएको छ, ‘यस जिम्मेवारीलाई सफल बनाउन एनआरएन आईसीसीका आदरणिय अध्यक्ष लगायत सम्पुर्ण टिम र सम्पुर्ण एनसीसीका अध्यक्ष लगायतका सबै साथीहरुको बिषेश सहयोग र साथ लिएर हामी सामुहिक रुपमा अगाडि बढ्ने छौं भन्ने अपेक्षा राख्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *