२०८१ वैशाख १४ गते | 26th of April 2024

जनार्दन शर्मालाई जुत्ता प्रहार

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ३० गते २१:०२

रुकुम । माओवादी केन्द्रका नेता रुकुमबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रभाकरलाई सहिद परिवारले चप्पलले हानेका छन् ।
चुनावी प्रचारको क्रममा बुधबार बाफिकोटमा अायोजित चुनावी सभामै सहिद परिवार निर्मला खड्‍काले नेता प्रभाकरमाथि अाफ्नो खुट्टाको चप्पल निकालेर हिर्काएकी हुन् ।
विना विभागीय मन्त्रि समेत रहेका प्रभाकरले सहिदको सपनामाथि खेलवाड गरेको भन्दै खड्काले विहीबार दिउँसो ४ बजे बाफिकोट गाउँपालिकाको नेटामा अाफ्नै खुट्टाको चप्पल निकालेर हानेको बताइएको छ ।
जनयुद्धमा सुराकी गर्ने एमालेसँग एकता गरेर सहिदको सपनामाथि खेलवाड गरेको भन्दै खड्काले चप्पल हानेपछि वाइसिएल कार्यकर्ताहरले निर्घात कुटपिट गरेका छन् । अहिले खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *