२०८१ वैशाख ७ गते | 19th of April 2024

नेपाल आइडलका विजेताहरुको अमेरिकामा सांगितिक यात्रा

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २ गते २०:१४

अमेरिका – अमेरिकाका आठवटा सहरमा नेपाल आइडलका विजेताले कन्सर्ट दिने भएका छन् । २०१८ को जनवरी र फेब्रुवरीमा उनीहरूले एक महिना लामो अमेरिका टुर गर्न लागेका हुन् ।

केटीएम इन्टरटेनमेन्टको आयोजनामा हुने कन्सर्टमा नेपाल आइडलका विजेता बुद्ध लामा र उपविजेताहरू निशान भट्टराई तथा प्रताप दासले आफ्ना प्रस्तुति दिनेछन् । उनीहरूको साथमा प्रस्तोता सुशील नेपाल पनि रहने छन् ।

केटीएमले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूको कन्सर्टबारे जानकारी गराएको हो । कन्सर्ट आयोजना हुने सहर र मिति भने तय हुन बाँकी छ ।

केटीएम इन्टरटेनमेन्टले न्युयोर्क सहरमा विभिन्न कन्सर्ट तथा चलचित्र प्रदर्शन गर्दै आएको छ । कर्मा तेन्जिङ र रोकेश गुरुङले स्थापना गरेको संस्थाले नेपालबाट कलाकार बोलाएर विभिन्न कार्यक्रम पनि गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *