२०८१ वैशाख ११ गते | 23rd of April 2024

शान्ति सम्झौताको आज ११ वर्ष

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर ५ गते २१:५५

काठमाडौं । आज शान्ति सम्झौता भएको ११ बर्ष पुरा भएको छ । दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा (माओवादी) र सरकारबीच भएको विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा भएको हो । शान्ति सम्झौता पुरा भएको दिनको अवसरमा आज विभिन्न कार्यक्रम गरिदैछन् ।

यो बिचमा गणतन्त्र स्थापना, राजसंस्थाको अन्त्य, संविधान जारी भएका छन् । तर, शान्ति सम्झौता पुरा भएको एक दशमा पनि शान्ति सम्झौता अनुसारको काम हुन भने बाँकी नै रहेका छन् । राज्यबाट दिइने राहत र क्षतिपूर्तिसमेत सङ्क्रमणकालीन न्याय व्यवस्थाको भरपर्दो प्रबन्ध नभएका कारण निष्कर्षमा पुगेको छैन । आठ वर्षपछि बेपत्ता पारिएका व्यक्ति खोजबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन भए पनि दुईटै आयोगले काम सकेका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *