२०८१ वैशाख ७ गते | 19th of April 2024

कालिकोटमा जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु, ६ घाइते

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १३ गते ३:३८

कालिकोट, १३ मंसिर । मुगुबाट नेपालगञ्जका लागि छुटेको जिप दुर्घटना हुदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन । लु २ च २००३ नम्बरको बोलेरो जिप मंगलबार राति कालिकोटको अस्पतालमोडमा दुर्घना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा मुगुको भिई–७ का ४५ वर्षका जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षका नरबिक्रम मल्ल र जुम्लाको चन्द्रनाथ–१४ कार्तिकस्वामीका युदुराज न्यौपाने रहेको प्रहरीले जनाएको छ ।
घाइते मध्य एकको अवस्था गम्भीर रहेको छ । घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *