२०८१ वैशाख ६ गते | 18th of April 2024

मंसिर १४ देखि नेपाल चेम्बर एक्सपो हुने

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १३ गते १६:०८

काठमाडौँ, १३ मसिर । नेपाल चेम्बर अफ कमर्सले देशको आर्थिक विकासलाई गति दिने उद्देश्यले भृकुटीमण्डपमा नेपाल चेम्बर एक्सपो–२०१७ आयोजना गर्ने भएको छ ।

यही मंसिर १४ देखि १८ गतेसम्म आयोजना हुने त्यस एक्सपोमा दक्षिण कोरिया एक्सपो पार्टनर कन्ट्री तथा थाइल्याण्ड फोकस कन्ट्री पार्टनरको रुपमा रहने बताइएको छ ।

मेलामा कुल २५० स्टल रहने छन् । नेपाल, भारत, थाइल्याण्ड, पाकिस्तान, बंगलादेश, चीन, कोरिया, जापानलगायत विभिन्न मुलुकका ९० कम्पनीको उत्पादन प्रदर्शनीमा राखिनेछन् । पार्टनर कन्ट्री दक्षिण कोरियाका २३ तथा फोकस कन्ट्री थाइल्याण्डको १५ वटा स्टल रहने आयोजकले बताएको छ ।

चेम्बले आज आयोजना गरेको पत्रकार सम्मेलनमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले भोलिदेखि शुरु हुने त्यस मेलाको उद्देश्य व्यापार गर्नेभन्दा पनि कोरिया, जापान तथा थाइल्याण्डको उत्पादन तथा सामग्री उपभोक्तालाई चिनाउने रहेको बताए ।

एक्सपोमा अटोमोबाइल, विद्युतीय सामग्री, फर्निसिङ, होम एप्लायन्स, फेसन वयेर तथा एक्सेसरीज, मोबाइल तथा ग्याजेट जस्ता वस्तु आगन्तुकको आकर्षणको केन्द्र बन्ने आयोजकको आशा छ ।

नेपालस्थित दक्षिण कोरियाली दूतावासका काउन्सिलर तथा डिसिएम योल काङले दक्षिण कोरियाले नेपालको आर्थिक विकासमा सहयोग गर्दै आएको र पछिल्ला दिन दुई मुलुकबीचको व्यापार विस्तार हुँदै गएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *