२०८१ वैशाख १३ गते | 25th of April 2024

खोटाङमा प्रतिभाको खोजी, ‘खोटाङ आइडल’ हुने

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १४ गते १४:२९

खोटाङ, १४ मंसिर । खोटाङ आइडल हुने भएको छ । बिहीबार हलेसी साप्ताहिकको कार्यालयमा पत्रकार सम्मेलन गरेर ‘खोटाङ आइडल’ सञ्चालन गर्न लागेको आयोजकले जानकारी दिएको हो ।

चौथो अडिसनपछि भोटिङ राउण्डमा पुग्ने प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने प्रतिभालाई नगद ५४ हजार ५ सय ७४ रुपैयाका साथमा ६ महिना संगीत विद्यालयमा अध्ययनको अवसर, एउटा गीत रेकर्डको व्यवस्था तथा ट्रफी प्रदान गरिने आयोजक समितिका संयोजक जीवनकुमार राईले बताउनुभयो ।
दोश्रो हुने प्रतिभाले नगद २४ हजार ५ सय ७४ का साथमा ३ महिना संगीत अध्ययन र एउटा गीत रेकर्ड, तथा तेश्रो हुने प्रतिभालाई नगद १० हजार ५ सय ७४ का साथमा एक महिना संगीत अध्ययन र एउटा गीत रेकर्डको अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै, बेस्ट भोकललाई नगद दुई हजार ५ सय ७४ का साथमा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । साकेला गाउँपालिकाको रतन्छाबाट मंसिर २३ गतेदेखि सुरु हुने छनौट अडिसन पुस १७ गते दिक्तेलमा आएर टुंगिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *