२०८१ वैशाख ७ गते | 19th of April 2024

उत्तर कोरिया ध्वस्त हुने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १४ गते १४:४७

मंसिर १४ एजेन्सी । अमेरिकाले उत्तर कोरियाबीचको सम्बन्ध चिसिदै गएको छ । उत्तर कोरियाले अमेरिका विरुद्ध मिसाइल आक्रमण गर्ने चेतावनी दिएपछि यी दुइ देसबीचको सम्बन्ध चिसिदै गएको छ । अमेरिकाले उत्तर कोरियासँग कुटनीतिक र व्यापार सम्बन्ध विच्छेद गर्न सबै देशसँग आग्रह समेत गरेको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा अमेरिकी राजदूत निक्की हेलीले उत्तर कोरियासँग कुटनीतिक र व्यापार सम्बन्ध विच्छेद गर्न सबै देशसँग आग्रह गरेको हो ।
हेलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई प्योङयाङमा तेल पठाउन बन्द गर्न भनेको जानकारी पनि दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । अमेरिकाले द्वन्द्व नचाहेको तर युद्ध भए उत्तर कोरिया ध्वस्त हुने हेलीले चेतावनी दिएको खबर प्रसारणमा आएको हो ।

उत्तर कोरियाले बुधबार अन्तरमहादेशीय मिसाइल परीक्षण गरेपछि सुरक्षा परिषदको आपत्कालीन बैठक बसेको हो । परीक्षण गरेको क्षेप्यास्त्र ४ हजार ४ सय ७५ किलोमिटर उचाइमा पुगेको थियो । त्यो इन्टरनेश्नल स्पेस स्टेशनकोभन्दा दश गुणा माथि हो र त्यसको टुप्पो पृथ्वीको वायुमण्डलमा फेरि प्रवेश गर्न सक्ने क्षमताको रहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *