२०८१ वैशाख ८ गते | 20th of April 2024

एसिसी यु–१६ च्याम्पियनसिपका लागि २२ खेलाडी छनोट

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १४ गते १६:०६

काठमाडौँ, १४ मंसिर । थाइल्याण्डमा यही मंसिर २५ गतेदेखि शुरु हुने एसिसी १६ वर्षमुनि (यु–१६) च्याम्पियनसिप इस्टर्न रिजनलका लागि आज २२ सदस्यीय खेलाडीको घोषणा भएको छ ।

एसिसीबाट जिम्मेवारी पाउनुभएका नेपाली यु–१९ टोलीका प्रशिक्षक एवं राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको नेतृत्वमा प्रशिक्षकद्वय जंगबहादुर थापा र दीपेन्द्र चौधरीको टोलीले दोस्रो चरणमा २२ सदस्यीय खेलाडी छनोट गरेको सुशील कोइराला मेमोरियल फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले जानकारी दिए ।

फाउन्डेसनको आयोजनामा भएको प्रतिभा खोजअन्तर्गत पहिलो चरणमा नेपाल क्रिकेट संघ (क्यान) का सबै नौै क्षेत्रबाट चार जनाका दरले ३६ खेलाडी छनोट गरिएको थियो ।

त्यस्तै छनोट भएका ३६ खेलाडीमा राम्रो क्षमता बोकेका अरु नौ खेलाडी थपेर ४५ जनालाई पहिलो चरणको प्रशिक्षण शिविरमा राखिएको थियो ।

यता काठमाडौँमा मंसिर ७ गतेबाट पहिलो चरणको प्रशिक्षण शिविर मूलपानी क्रिकेट मैदानमा भएको थियो । पहिलो चरणको शिविरबाट उक्त २२ सदस्यीय खेलाडी छनोट गरिएको हो ।
छनोट भएका खेलाडीलाई प्रशिक्षकले मंसिर २२ गतेसम्म कीर्तिपुर मैदानमा विशेष प्रशिक्षण गराउने कार्यक्रम रहेको छ ।

उक्त छनोट हुने खेलाडीमध्येबाट चार वैकल्पिकसहित १८ सदस्यीय खेलाडी उक्त प्रतियोगिताका लागि छानिने छन् । छनोट हुने टोली यही मंसिर २३ मा थाइल्याण्ड प्रस्थान गर्नेछ । –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *