२०८१ वैशाख ७ गते | 19th of April 2024

दर्शकहरुको मन जित्यो ‘फिक्का’ ले

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १५ गते १५:४१

काठमाडौं १५ मंसिर । शुक्रबारबाट रिलिज भएको चलचित्र फिक्काले दर्शकको राम्रो प्रतिक्रिया पाएको । चुनावी माहोलमा सक्रिय दर्शक र हलवालाहरुको मनोमानी दादागीरी झेलेर प्रदर्शनमा आएको चलचित्रले दर्शकको मन जित्न भने सफल भएको छ । दर्शकको कमीका कारण अति व्यापार गर्न सफल नभएता पनि हेर्ने दर्शकको मन जित्न सफल बनेको छ । करिब दश पन्ध्र मिनेटको ईन्ट्रोड्युसीगं सिनमा गरीवीलाई देखाएपछी विश्वासमा अडेको छोरा र आशामा अडेकी आमा बिचको एक व्यवहारीक केही समय घटना पछि सुरु हुने कथा करिव पैतालीस मीनेटको मध्यान्तरमा कथाले टुईष्ट लिन्छ खुशिको खोजिमा दौडदा झेल्नुपर्ने समस्यालाई चित्रण गरिएको फिल्मले गरिव आमा र अन्धो भाईलाई सम्हाल्नुपर्दाको अवस्था र देशमा रहेको ग्रामीण शैक्षीक अवस्थालाई समेत चित्रण गरिएको छ।

दया र मायाको भिन्नता र शोझोपनको फाईदालाई निकैनै सेन्टिमेन्टल तरिकाले प्रस्तुत गरिएको चलचित्रले कुन समयमा कुन मोड लिन्छ भनेर दर्शकले सोच्नै सक्दैनन। सिनेमा मेकिगं तथा प्रावीधिक पक्षमा केही कमजोर देखीएको सिनेमामा ऊत्कृष्ट सिन र लोकेशन समेत कमै देख्न पाईन्छ। नयॉ कलाकारको अभिनयले पनि प्रशंशा पाएको चलचित्र वास्तवीकतामा यस्तो भयो भने कस्तो होला भनेर कल्पनामा दर्शकलाई डुबाऊछ। वेलावेलामा भावुक बनाऊने चलचित्र फिक्का को दमदार कथा र मनछुने गीतहरुले दर्शक रिझाऊने मुख्य आधार हो।

हाई बजेटको सीनेमा नदेखीने यस चलचित्रलाई युवा निर्देशक जनक खड्काले निर्देशन गरेका हुन। यस चलचित्रमा प्रावीधी पक्षलाई भुलेर हेर्दा खड्काको निर्देशकीय क्षमता अब्बल देखीन्छ । कमेडी भएता पनि चलचित्रले दर्शकलाई रुवाऊन खोजिरहन्छ । पछिल्लो समय चलिरहेका भन्दा फरक धार बोकेको यस चलचित्रलाई निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ र नहकुल खड्काको निर्माणमा अजय सुनार, दुर्गाराज पाण्डे, सर्मीला नेपाल, राधिका घिमीरे, ईश्वरी बराल, म्याक्टेन कालु, मुस्कान काप्री आदिको अभिनय रहेको छ । चलचित्रको प्रतिक्रिया संगै ऊपत्यका बाहिरका सुक्रबार नचलेका केही हलहरुमा आईतबारबाट चलचित्र फिक्का चल्न लागेको निर्माणपक्षले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *