२०८१ वैशाख १३ गते | 25th of April 2024

नेपाल र केन्याबीचको अभ्यास खेल आज, कसले मार्ला बाजी ?

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १७ गते ६:३२

काठमाडौं, १७ मंसिर । आइसिसि विश्व क्रिकेट लिग च्याम्पियनसिप क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलको तयारीका लागि नेपालले आज केन्यासँग अभ्यास खेल खेल्दैछ ।
प्रतियोगिताका लागि युएइमा रहेको नेपालले आज केन्यासँग खेल्न लागेको हो । पहिलो अभ्यास खेलमा केही नयाँ खेलाडीलाई मौका दिँदै ब्याटिङ अर्डर पनि परिवर्तन गरेको नेपालले आज पनि त्यसैलाई निरन्तरता दिने सम्भावना छ ।
आजको खेलमा पनि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने सम्भावना रहेकाले नेपाली टीमको कप्तानी शरद भेषावकरले गर्नेछन् ।

प्रतियोगिता अन्तर्गत गएको चैतमा कीर्तिपुरमा केन्यासँग भएका दुईमध्ये नेपाल एक खेलमा विजयी भएको थियो । नेपाललले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा युएइसँग आउँदो वुधबार र शुक्रबार खेल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *